काठमाण्डौँ, १७ असार (जागरण) । उन्नाई वर्षमूनीको एसीसी इस्टर्न रिजन क्रिकेट च्याम्पियनसिप आजदेखि शुरु हुँदैछ ।
प्रतियोगिताको समूह ’ए’ मा नेपालसहित चीन र सिंगापुर रहेका छन् । सिंगापुरका कप्तानले आफ्नो टिम युवा खेलाडीले भरिएको रहे पनि सुखद नतिजाका लागि मलेसिया आएको बताउनुभयो ।
यसका साथै उहाँले राम्रो टिमले उपाधि जित्नेमा विश्वस्त रहेको बताउनुभयो । यो प्रतियोगिताको विजेताले श्रीलंकामा हुने १९ वर्ष मुनीको एसिया कपमा सहभागिता जनाउने छ ।
च्याम्पियनसिपमा सहभागी टिमका कप्तानले आफूहरुले उपाधि जित्ने दाबी गरेका छन् ।
प्रतियोगिताका लागि आयोजना भएको प्रिम्याच कन्फ्रेन्समा बोल्दै सात ओटै टिमका कप्तानहरुले आफूहरु मलेसिया उपाधि उचाल्नका लागि आएको बताए ।
प्रतियोगितामा म्यानमारले अन्तिम समयमा नाम फिर्ता लिएको थियो । नेपाली टिमका कप्तान रोहित पौडेलले दश दिनको तयारीका बाबजुद पनि टिमको लक्ष्य उपाधि नै रहेको र त्यसका लागि तयार रहेको बताउनुभएको छ ।