खानेपानी संस्था विरोधीले चलाएको हल्लाको विश्वास नगरौँः युनियन

सुर्खेत, १८ असार (जागरण) । सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाविरुद्ध अफवाह फैलाइएकाले त्यसप्रति विश्वास नगर्न श्रमिक ट्रेड युनियनले आग्रह गरेको छ ।
आज एक विज्ञप्ती जारी गर्दै युनियनले विगतदेखि नै उपभोक्ता संस्थालाई असर पर्ने कार्य गरिरहेको तत्वले कर्मचारी पदपूर्तिका सन्दर्भमा अनावश्यक प्रचार गरेकाले त्यसको विश्वास नगर्न आग्रह गरेको हो ।
युनियनका अध्यक्ष गणेशमान खनालले हस्ताक्षर गरेको विज्ञप्तिमा संस्थाको सेवालाई अझै प्रभावकारी बनाउन विगत १५/१६ वर्षदेखि कार्यरत कर्मचारीको व्यवस्थापन गर्न मूल समितिले गरेको पदपूर्तिको निर्णय संस्थाको विधान, कर्मचारी प्रशासन नियमावली अनुरुप रहेको दावी गरिएको छ ।