नन्द कठायत ।
हुम्ला, १९ असार (जागरण) । चीनसँग नाका जोडिएको कर्णाली प्रदेशको सुन्दर जिल्ला हो हुम्ला । विशेषगरी चीनतर्फबाट नेपाल घुम्ने पर्यटक र भारतबाट तिव्वतको मानसरोवर घुम्ने पर्यटक हुम्ला नपुगी अरु गन्तव्य पहिल्याउन सक्दैनन् । हुम्ला जिल्लामा पछिल्लो समय बाह्य पर्यटकको संख्या बढेको छ ।
विभिन्न भाषा, कला संस्कृति र फरकफरक रहनसहन भएका जातजातिहरुको बसोबास रहेको हुम्ला जिल्लामा आफ्नो छुटै साँस्कृतिक रहेको छ ।
विगतदेखि गरिवको उपनाम पाएको हुम्ला पछिल्लो समय आन्तरिक तथा बा≈य पर्यटकको केन्द्र बन्न थालेको छ । हुम्लासँग संभावनाका स्रोत धेरै छन् । तर, पहिचान हुन सकेको छैन । हिन्दूहरुको तिर्थस्थलका रुपमा प्रख्यात मानसरोबर जाने प्रमुख नाका हो यो हुम्लाको सिमिकोट गाउँपालिका । कैलास मानसबर समुन्द्री सतहबाट २ हजार ९ सय मिटरमा उचाईमा फैलिएको छ ।
पछिल्लो समय पर्यटक बढ्न थाले पछि सिमिकोट गााउँपालिकाले गाउँपालिका भित्रका विभिन्न शिर्षकमा बजेट छुटमएको छ । ठुलो संख्यामा पर्यटक हुम्ला पुग्ने भएकाले गाउँपालिकाले पर्यटकहरुको बसाइलाई लम्याउनको लागि त्यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरेको छ ।
गाउँपालिकाले अहिले विमानस्थलमा वाइफाइको व्यवस्था, शौचालय, पर्यटकहरुलाई सहयोग पुग्नको लागि तातो र चिसो पानीको व्यवस्था गरेको बताउनु हुन्छ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी ।
यो गाउँपालिका कला संस्कृति, प्राकृतिक सौन्दर्य, जडिबुटी, ताल तथा मनोरम दृष्यहरुको थलो पनि हो । तरपनि हुम्ला निश्चित पर्यटकको मात्रै गन्तव्यस्थल बनिरहेको छ । हवाई सेवा नियमित र भाडा दर कम भए त्यहाँको पर्यटकीय संभावना बढ्ने देखिन्छ । पर्यटकहरुलाई भित्र्याउन गाउँपालिकाले पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने गरेको बताउनु हुन्छ । गाउँपालिकाका प्रमुख पदमबहादुर लामा ।
यसलाई तिब्बतको सिमासँग सडक यातायातले जोड्ने प्रयास गरिएको छ भने नेपालको अन्य ठाउँबाट पुग्ने साधन बाँकेको नेपालगञ्ज देखि सिमकोट तथा सुर्खेतदेखि सिमकोट सम्मको हवाई मार्ग मात्र हो । पछिल्लो समय हिन्दूहरुको धार्मिकस्थल मानसरोवर दर्शन गर्न जाने भारतीयहरु बढेका छन् । नेपालगञ्ज विमानस्थल र कर्णालीको तिरतिरै पैतल हिडेर जाने भारतीय पर्यटकहरु बढेका हुन् ।
सुन्नुहोस् अडियोः