सुर्खेत, २२ असार (जागरण) । कर्णाली प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको वजेटअन्तर्गत मन्त्रालयगत शीर्षकमा छलफल आजदेखि शुरु हुने भएको छ ।
कर्णाली प्रदेशसभा सचिवालयकाअनुसार आज आन्तरिक मामिला तथा कानून मन्त्रालय र भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको वजेट शीर्षकमाथि छलफल हुने भएको छ ।
भोली असार २३ गते सामाजिक विकास मन्त्रालयको वजेटमाथि छलफल हुनेछ भने पर्सी असार २४ गते उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, असार २५ भौतिक पूर्वाधार विकास मन्त्रालयको वजेटमाथि छलफल हुनेछ ।
प्रदेशसभा सचिवालयकाअनुसार असार २६ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेशसभा सचिवालय, मुख्य न्यायाधिवक्ताको कार्यालय र प्रदेश योजना आयोगका शीर्षकहरुमा छलफल हुने छ । साँसदहरुले उठाएका सवालमाथि त्यसपछि असार २७ गते विभागिय मन्त्रीले जवाफ दिने कार्यसूची छ ।