अप्सरा विष्ट ।
कालिकोट, २३ असार (जागरण) । अग्ला डाँडाकाँडा, मनै लोभाउने पाटन, अनेकौँ जडिवुटी, मनमोहक जङगल, पहाड र विभिन्न किसिमका फुलहरुले पर्यटकको मनै लोभाउने ठाउँ हो चुलिमालिका माईको मन्दिर । त्यहाँ पुग्ने जो कोहि पनि त्यहाको चिसो, चिसो मौसम, सिमसिमे पानिले पर्यटकहरु त्यहाँबाट फर्किन मनै नलाग्ने बताउछन् ।
चुलिमालिकामा प्रत्येक वर्ष धार्मिक तिर्थालुहरु त्यहाँ पुग्ने गरेका छन् । चुलिमालिका माइको मन्दिर धार्मिक पर्यटकीय स्थलको पर्खाइमा परी ओझेलमा परेको छ । चुलिमालिका जाने सडक सञ्जाल नपुगेको हुँदा पर्यटयकहरुलाई त्यहाँ पुग्न कठिनाई हुने गरेको स्थानिय जयलाल आर्चाय बताउनु हुन्छ । सफा मनले चुलिमालिका पुगेमा जे कुराको वर माग्यो त्यही कुरामा पुरा हुने आचार्यको भनाई छ । पुर्णिमाको चतुदर्शीमा मात्रै चुलिमालिका तिर्थयात्रुहरु जाने गरेका छन । प्रत्येक वर्ष ५ हजार तिर्थयात्रुहरु चुलिमालिका माईको दर्शन गर्न जान्छन ।
प्रचार–प्रसार अभावले चुलिमालिका माई पछाडि परेको तिर्थालु भक्तजनको भनाई छ । चुलिमालिकाको नामले विद्यालय देखि संघसस्थाकोे नाम राख्ने गरेका छन तर राष्ट्रियस्तर सम्म पुग्न नसक्दा चुलिमालिका ओझेलमा परेको भक्त्तजन अकल कार्की बताउनु हुन्छ । रारा जाने बिचबाटोमा पर्ने भएको हुदा स्थानिय सरकारले एकपटक चुलिमालिका तिर फेर्केर हेर्न आवश्यक रहेको उहाँको भनाई छ ।
पर्यटकहरुलाई चुलिमालिका जान र आउनको लागि समस्या भएको खाँडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्टले बताउनुभयो । तिर्थ यात्रुको लागि धर्मशाला, त्यसैगरी गतवर्ष बनाएको मन्दिर त्यति राम्रो नभएको हुनाले फेरी त्यो मन्दिरलाई पुनर्निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ । चुलिमालिका जानको लागि खाडाचक्र नगरपालिका वडा नमर ९ देखि सरल हुने भएकाले अर्को बर्षमा बाटो सुजारु हुने बिष्टले बताउनु भयो ।
भौगोलिक रुपमा विकट भए पनि पर्यटकिय क्षेत्रको सम्भावना बोकेको चुलिमालिका माईको संरक्षण, सम्बद्धन, प्रवद्र्धन हुन आवश्यक छ ।
सुन्नुहोस् अडियो सामग्रीः