खड्क सुनार ।
मुगु, २४ असार (रेडियो सौर्यदय) । मुगुको एक सडक मर्मत योजनामा साढे एक करोड बढि घोटाला भएको दावी गरिएको छ । गमगढी देखि नाग्म जोड्ने सडक खण्ड अन्र्तगत छायाँनाथ रारा नगरपालिका वडा नम्बर ८ झ्यारी खोला देखि गमगढी शुन्य विन्दुसम्मको सडक मर्मतको ठेक्क प्रक्रियामा घोटाला भएको पाएको हो ।
सडक मर्मतका लागी आर्थिक वर्ष २०७४÷०७५ मा सुरु भएको योजनामा मुख्य ठेकेदारले सडक डिभिजन कार्यालय जुम्लामा ३ करोड २३ लाख ९ हजारमा सम्झौंता गरेको र काम गर्दा छायानाथ रारा नगरपालिका वडा नम्बर ४ निवासी हृदयसिंह नेपालीसंग १ करोड ६१ लाख ७६ हजार ३ सय ४६ रुपैयाँमा योजना सम्पन्न गर्ने गरि करार सम्झौता गरे पनि नेपालीले भुक्तानी नपाएको भन्दै जिल्ला अदालतमा मुद्दा हाले पछि डेढ करोड बढि घोटाला भएको तथ्य सार्वजनिक भएको हो ।
हृदयसिंह नेपालीसंग गरिएको करार सम्झौतामा उल्लेख गरिएको रकम भन्दा सडक डिभिजन कार्यालयबाट भुक्तानी लिएको दोब्बर छ तर काम भने गुणस्तरहिन भएको छ ।