वैज्ञानिक स्वास्थ्य निती बनाउन गाउँ–गाउँमा पुगेर छलफल गर्न सुझाव

सुर्खेत, १९ वैशाख (जागरण) ।
कर्णाली प्रदेश सरकारले स्वास्थ्य निती बनाउनका लागि प्रदेशस्तरमा छलफल शुरु गरेको छ । कर्णालीका स्वास्थ्य समस्यालाई समाधान गर्नका लागि कस्तो निती तथा कानुन तर्जुमा गनुपर्ला भन्ने विषयमा सामाजिक विकास मन्त्रालयले वीरेन्द्रनगरमा छलफल गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली प्रदेश सामाजिक विकास स्वास्थ्य महाशाखाको आयोजनामा प्रदेश सांसदहरु, क्षेत्रीय अस्पतालका प्रतिनिधीलगायतका बिच सुझाव संकलन गरिएको हो ।
कार्यक्रममा सुझाव दिँदै सांसद दानसिंह परियारले यस्ताखाले छलफल गाउँ गाउँमा गएर गर्नुपर्ने औंल्याउनुभयो । उहाँले वैज्ञानिक स्वास्थ्य निती बनाउने हो भने प्रत्येक जनताका समस्या गाउँमा नै पुगेर बुझ्न प्रदेश सरकारलाई सुझाव दिनुभयो । माननिय लेभलमा मात्रै होईन, उहाँले भन्नुभयो,‘यदि साँच्चिकै वैज्ञानिक निती बनाउने हो भने प्रत्येक जनताले आफ्नो निती बनाउने ठाउँमा छलफल गर्न पाउनुपर्छ ।’ स्वास्थ्य निती सबेको जीबनसँग जोडिएको कुरा हो,‘अहिलेसम्म बिग्रीएकै त्यहीभएर हो, निती बनाउने ठाउँमा हुने खाने मात्रै जम्मा हुने तर जनतालाई समावेश नगर्नाले यस्तो भएको हो अहिलेसम्म, त्यसैले अब बलियो निती निर्माण गर्न गाउँमै पुगेर छलफल गर्नुपर्छ ।’
कार्यक्रममा बोल्दै सांसद पद्मा खड्काले कर्णालीमा विद्यमान समस्यालाई मध्यनजर गरी यस्ता छलफलको उपलब्धी देखिने गरी निती बनाउनुपर्नेमा जोड दिनुभयो । एउटा महिला सुत्केरी हुन नपाएर बाटोमै प्रसव पिडा भोगिरहनुपरेको छ, उहाँले भन्नुभयो,‘यस्ता ज्वलन्त उदाहरण हाम्रो प्रदेशमा छन् अब यस्ता समस्यालाई समाधान गर्ने गरी स्तरीय अस्पताल निर्माण गर्ने गरी निती निर्माण गरिनुपर्छ ।’
यस्तै, सांसद गणेश ंिसंहले सबै जिल्लाका जिर्ण स्वास्थ्य चौकी भवन मर्मत तर्फ पनि कानुन निर्माणका समयमा ध्यान दिनुपर्ने बताउनुभयो । प्रत्येक गाउँका वडा स्तरसम्म स्तरीय स्वास्थ्य संस्था निर्माण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वस्थ प्रदेश निर्माणका लागि नै निती बनाईने प्रतिवद्धता जनाउनुभयो । कोही बिरामी परे भने हामी तुरुन्तै उपचार गर्न सक्ने क्षमता हामीसँग छैन, ‘उहाँले भन्नुभयो, अब यी समस्यालाई समाधान गर्ने गरी स्पष्ट निती बनाउनका लागि छलफल गर्नुपर्ने हुन्छ ।’
यस्तै, सामाजिक विकास मन्त्री दल रावलले कर्णालीमा देखिएका हरेक समस्यालाई मध्यनजर गर्दै निती बनाउने तयारी गरिएको बताउनुभयो । उहाँले सुझाव भन्दा पनि धेरै आलोचना गरिनाले विकास नहुने जिकीर गर्नुभयो । यहाँका महिलाको एकदमै समस्यापुर्ण अवस्था छ, उहाँले भन्नुभयो, मैले महिलाका थुप्रै प्रजनन स्वास्थ्यका समस्या देखेर एउटा एयर एम्बुलेन्स संचालनमा ल्याउँ भन्दा सबैले आलोचना गर्नुभयो, यसरी यहाँबाट ल्याउँ भनेर कसैले सुझाव दिनुभएन, तै पनि सदन स्पिडमा भएका कारणले यो निती पनि पास भयो ।’
कार्यक्रममा विषयवस्तु भित्र छलफल नभएको र सांसदहरुको मर्यादा नराखिएका भन्दै कांग्रेस सांसद हिमबहादुर शाहीले आलोचना गरेर कार्यक्रमबाटै बाहिरिनुभएको थियो ।

कर्णाली प्रदेश स्वास्थ्य नीतिमा प्रस्ताबित केही बुंदाहरु

– प्रत्येक स्थानीय तहमा १५ देखि २५ बेडको आधारभुत अस्पताल र प्रत्येक जिल्लामा ५० बेडको बिशेषज्ञ अस्पताल निर्माण  गर्ने
– कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान्लाई प्रदेश मातहत ल्याई यसको सेवा सबै जिल्लामा बिस्तार गर्ने । सुर्खेत क्षेत्रीय अस्पताललाई मेडिकल कलेज तर्था टिचिंग अस्पतालमा बिकास गर्ने ।
– आकस्मिक स्वास्थ्यका लागी एयर एम्वुलेन्स तथा प्रत्येक स्थानीय तहलाई एमबुलेन्सको व्यवस्था गर्ने ।
– चिकित्सक स्वास्थ्य कर्मि सुरक्षाका लागी स्वास्थ्य प्रहरीको व्यवस्था गर्ने ।
– टेलिमेडिसिन्, एम.हेल्थ, ई हेल्थ टेक्नोलोजीको प्रयोग गर्ने ।
– गुणस्तरीय औषधीको पंहुचको लागी सुपथ औषधी पसल बिस्तार गर्ने
– बिमामा सहजीकरण गर्ने ।
– बिभिन्न जटिल रोगहरु तथा महिलासंग सम्वन्धित रोगहरुका लागी स्क्रिनिंग तथा बिशेषज्ञ घुम्ति सेवा व्यवस्था गर्ने ।
– जडिबुटीकाे खेती, अनुसन्धान् , प्रशोधन् र औषधी उत्पादन् गर्ने ।
– नसर्ने रोग रोकथाम तथा उपचारलाई प्राथमिक स्वास्थ्य सेवादेखिनै व्यवस्थापन गरिनुका साथै संक्रामक रोगको प्रभाव कायमै रहेको हुदाँ यसको नियन्त्रण । निबारण गरिने छ ।
– स्वास्थ्य सेवा सर्बसुलभ, प्रभावकारी र गुणस्तरीय बनाउन जनसंख्या र भुगोल अनुसार दरबन्दी, उपकरण र पुर्वाधारको व्यवस्था गरिने छ ।
– गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादन र परिचालन गरिनेछ
– सरकारी तथा निजी स्तरबाट प्रदान गरिने स्वास्थ्य सेवाको सुचिश्चिताको लागी समन्वय, अनुगमन तथा नियमन सयन्त्र निर्माण गरिनेछ ।
– जडिबुटिको खेति, प्रशोधन , अनुसन्धान गर्ने र जडिबुटीबाट औषधी उत्पादन गर्ने ।
-प्रेषण सेवालाई व्यवस्थित गर्ने तथा सहजीकरण गर्ने ।
– स्वास्थ्य संरक्षण र प्रर्वद्धनकालागि वातावरण प्रदुषण, घरभित्रको प्रदुषणलाई न्यूनिकरण गर्ने तथा स्वस्थ खानेपानी र पुर्ण सरसफाईका लागी आवश्यक व्यवस्था मिलाइनेछ ।
– जडीवुडीको प्रचुर उपलब्धता भएको कर्णाली प्रदेशमा यसको सदुपयोग गर्न, वैकल्पिक, परम्परागत चिकित्सकीय प्रणीलाई व्यवस्थित गरिनेछ ।
– “स्वास्थ्य अनुसन्धान ” लाई गुणस्तरीय र प्रभावकारी बनाई अनुसान्धानबाट प्राप्त परिणामलाई व्यवहारमा लागु गर्न पेरित गरिने छ, साथै स्वास्थ्य सुचना प्रणालीलाई सुदृढ एवं डिजिटलाईज गरिने छ ।
– लक्षित बर्ग जस्तै ज्येष्ठ नागरिक, भिन्न क्षमता भएकाहरु, किशोर किशोरी, सिमान्तकृत, बिभेदमा परेका, घाईतेको स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ ।
– मतृ तथा बाल अस्वस्थता , मृत्यू घटाउने, कुपोषण घटाउने , सरुवा रोग निवारण पोलियो, दादुरा, क्षय, कुष्ठ, औलो रोग निवारण लगायतका बिभिन्न प्रबद्र्धनात्मक निरोधात्मक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने ।
– स्वास्थ्य क्षेत्रमा सुशासनको महसुस हुने कार्यक्रम ल्याईने छ ।
– कुपोषणलाई न्युनिकरण गर्न स्वास्थ्यबद्र्धक खाद्य पदार्थको प्रवद्र्धन्,उत्पादन्, प्रयोग र पंहुचलाई बढाईने छ । साथै स्वस्थ खानपिन् व्यवहार प्रबद्र्धन् गरिनेछ ।
– जनसंख्या व्यवस्थापन् , वसाई सराई व्यवस्थापन् सम्बन्धि बिभिन्न कार्ययोजना बनाउने र एकिकृत बस्तिको लागी पैरबी गर्ने ।
– स्वास्थ्य बहुक्षत्रीय बिष भएकोले बहु पक्षिय, बहुक्षेत्रीय सहकार्य र सहयोगलाई प्रभावकारी ढंगबाट समन्वय गर्नेे छ । केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार वीचको सहकार्य सहजीकरण तथा समन्वयलाई प्रभावकारी बनाईने छ ।