कर्णाली सरकारको बजेट संसदबाट पारित, सच्याउने सहमती

सुर्खेत, २९ असार (जागरण) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि ल्याएको बजेट संसदबाट पारित भएको छ । आज बसेको कर्णाली प्रदेशसभाको वैठकबाट बजेट पारित गरिएको हो ।
सरकारले सांसदहरुको सुझाव अनुसार बजेट संशोधन गर्ने सहमति जनाएपछि सदनबाट पारित गरिएको हो । यो सँगै सरकारले प्रस्तुत गरेको कर्णाली प्रदेश विनियोजन विधेयक २०७६ र त्यो विधेयकसँग आश्रित अन्य दुई वटा विधेयक पनि पारित भएको सभामुख राजबहादुर शाहीले घोषणा गर्नुभयो ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले असार १ गते प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि ३४ अर्ब ३५ करोड ३४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।
बजेटमाथिको छलफलका क्रममा सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरुले चर्को आलोचना गर्दै संशोधन गर्न माग गरेका थिए । सांसदहरुको माग अनुसार संशोधनको प्रतिवद्धता सरकारले गरेपछि ध्वनीमतद्वारा बजेट पारित गरिएको हो ।
यस्तै आजको बैठकमा मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले समग्र कणाली प्रदेशको विकासको लागि र प्रदेशको आर्थिक समृद्धीका लागि आगामि दिनमा कोहि पनि पक्ष र प्रतिपक्ष नभएई सबै सासंदहरुलाई एके वद्धभएर लाग्न आग्रह गर्नुभएको छ ।
प्रदेशसभा सचिवालयकाअनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र लोक सेवा आयोग, मुख्य न्यायाधिवक्ताको कार्यालय र प्रदेश योजना आयोगका शीर्षकहरुमा सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिने क्रममा मुख्य मन्त्री शाहीले प्रदेश सरकारले सकरात्मक रुपमा ग्रहण गरेको बताउनुभएको छ ।
कर्णाली प्रदेश सरकारले आगामि आर्थिक वर्ष कर्णाली प्रदेश सरकारका सांसदहरुको सेवा सुविधा र मर्कचारीहरुको क्षमत अभिवृद्धी, अतिरिक्त क्रियाकलापका लगाएतका काम थाल्य भएको छ ।
प्रदेशसभा सचिवालयको बजेट माथि सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिने क्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले यस्तो प्रतिबद्धता जनाउनुभएको छ ।