एमयुले कर्णालीमा तीन कृषि क्याम्पस चलाउने

काठमाण्डौँ, ५ साउन (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अव कर्णालीका विभिन्न तीनवटा स्थानिय तहमा कृषि क्याम्पस सञ्चालन गर्ने भएको छ ।
सुर्खेतको सिम्ता गाउँपालिका र चौकुने गाउँपालिका तथा दैलेखको गुराँस गाउँपालिकामा कृषि क्यामपस सञ्चालन हुने भएको हो । विश्वविद्यालयको नवौं सिनेटमार्फत् कृषि क्याम्पसहरु सञ्चालन गर्ने भन्दै वजेटसममेत स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कलपति केपी ओलीको उपस्थितिमा काठमाण्डौँमा भएको सिनेटमा कृषि क्षेत्रका दक्ष मानव संशासन विकास गर्नका लागि क्याम्पस सञ्चालन गर्ने निर्णय गरेको हो । यता विद्यार्थी संगठनहरुले भने काठमाण्डौँमा सिनेट गरेको भन्दै विरोध गरेका छन् ।