परिस्थितिसँग रमाउन जानेकी रोल्पाली नव चेतना

थुमान अधिकारी ।

रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका माबाङमा अवस्थित नव चेतना विद्यालय जनयुद्धको समयमा जनवादी शिक्षाद्धारा अध्यापन गराइनथ्यो । तत्कालिन नेकपा माओवादीद्धारा संचालन गरिएको थियो, जनयुद्धको समयमा नेपालका विभिन्न ठाउँका शिक्षकहरु लाई गलत व्यवहार गरेवापत ती शिक्षकहरु लाई कारवाही गरिन्थ्यो, तिनीहरुले नव चेतनामा अध्यापन गराउथे र उनीहरुले विद्यार्थी लाई “क” बाट कलम पढाउनुको सट्टा “क” बाट कम्युनिष्ट पढाउने गर्थे भने “ख” बाट खवदार , “ग” बाट गवरदार अथवा गद्दार भनेर अध्यापन गराउथे। त्यति बेला नव चेतनाका विद्यार्थीहरु पाठ्यक्रम विकास केन्द्रका किताब पढ्न बाट बंचित थिए ,त्यो उनीहरुको रहर थिएन बाध्यता थियो । तत्कालिन नेकपा माओवादीले देशको निरकुंश राज्यव्यवस्थाको अन्त्य गदै देशमा संधीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु नै उनीहरुको जनयुद्ध गर्नुको प्रमुख लक्ष्य थियो ।
जनयुद्धको मुख्य थलोका रुपमा परिचित रोल्पा जिल्लाका जनतालाई एक घर एक कार्यकर्ता अथवा एक घर एक सेना अनिवार्य पठाउनु पर्ने भनेर आहवान गरिएको थियो । त्यतिबेला सोझा रोल्पाली लाई नयाँ व्यस्था परिवर्तन गर्ने छौ तपाईको मुहारमा हाँसो ल्याउने छौ यो दुई सय चालिस बर्षिय निरंकुश राजतन्त्रका विरुद्दको लडाई हो तपाईको साथ र सहयोगको हामीलाई खाँचो परेको छ भनेर अपील गरियो सोझा रोल्पाली साथ दिन कति पनि हिकिच्यिाएनन् किन भने उनीहरु पनि परिवर्तन भएको हेर्न र अनुभव गर्न चाहान्थे रोल्पाको सुनछहरी गाउँपालिका माबाङ गाउँका प्रत्येक घरमा प्राय घाइते अपाङ्ग नभएको घर नै मैले भेट्न सकिन अनि मैले बडो भावुकताका साथ सोधे तपाईको युद्ध कसका विरुद्ध थियो ? भनेर सोध्दा उहाँहरुले भावुकताका साथ उत्तर दिनु भयो हाम्रो लडाई एकतन्त्रात्मक राज्य सत्ताका विरुद्ध थियो त्यसलाई ढालेर छाडेयौ र देशमा जनताले एक किसिमको स्वतन्त्रताको महुस गरिरहेका छन् तर कता कता अझै जनताले स्वतन्त्रता महसुस गर्न नपाएको र दिन दाँडै चेलीबेटी बलतकृत, चन्दा आतंक, मोलाउँदो चरम भ्रष्टाचारका घटना रेडियो, टेलिभिजन र पत्रपत्रिकाबाट सुन्न र हेर्न पाउँदा मनमा खिन्नता जागेर आउँछ । केही नेताको व्यक्तिवादी चरित्र र खोला तर्ने लौरी बिर्सिने प्रवृति देख्दा झनै पिडित हुन मन लाग्छ भनेर सुनाउनु भएको थियो । देशको व्यवस्था परिवर्तन भयो तर अवस्था भने जहको त्यही छ, हामीले दश नङग्रा नखिया सम्म हामीलाई विहान साझ हात मुख जोड्न पनि हम्मे हम्मे पर्छ कहिले सम्म हामीले सुशासन सहितकोे विकास भएको अनुभूति गर्ने दिन आउला भनेर कामना गर्थे । मैले ति घाइते अपाङ्कलाई सोधे गणतन्त्र भनेको के हो ? ती घाइते,अपाङ्गले दिने उत्तर र मैले बुझेको गणतन्त्रको सार मिल्थ्यो तर गणतन्त्र ल्याउनका निम्ति अहोरात्र खट्ने आफ्नो भौतिक शरीर लाई बलिदान दिन एक रक्ति पनि पछि नहट्ने विर पुरुष र नारीको मुख बाट गणतन्त्र ल्याउनुको पिडा र मैले कसैले कागजको पानामा लेखिदिएको गणतन्त्रको परिभाषा क्षणभरमा कण्ठस्थ पार्नुृमा आकाश र पातालको फरक थियो । हुनत एउटा बच्चा धर्तिमा जन्माउने ति प्रसव पिडा बोक्ने महान नारी लाई सोध्नु पर्छ बच्चा जन्माउनुको पिडा कस्तो हुन्छ ? भनेर सोध गणतन्त्र ल्यानका निम्ति अहोरात्र खट्ने महान रोल्पाली लाई सोध भोक भोकै युद्धमा होमिदाका पिडा ति विर पुरुष र नारी लाइ सोध ।
अविस्मरणियकि पात्र बन्यौ रोल्पाली नव चेतना, तिम्रो निमन्त्रणा लाई सहर्ष स्वीकार गदै कहाँ छौ भनेर पुगे रोल्पाको माबाङ वस्तिको बीचमा त्यहाँ तिमी रमाइ रहेको देख्दा साच्किै मलाई पनि रमाउ रमाउ लाग्यो । तिमी बसेको सिधापारि तिर सनछहरी झरणा सुसाइरहेको थियो । साच्चिकै नव चेतना तिमी इतिहास र संर्घषले भरिपूर्ण बनेकि पो रहेछ्यौ । तिम्रो अस्मितामा कति पनि दाग लाग्न नदिने तिम्रो परिवारले तिमी प्रति देखाएको स्नेह र हौसला देख्दा साहै प्रभावित भए । तिमी लाई थप सिर्जनशील र आत्माविश्वास बनाउन प्रविधिमैत्री समा्रगी लगेर गएको थिए । मैले जव तिम्रो सहपरिवारका अगाडि शिक्षा संग सम्बन्धित विश्वकै लेटेस्ट टकिङ्क टिचर प्रविधिको बारेमा जानकारी गराउन पाउँदा निकै हर्षित तुल्याएको थिए ।
टकिङ्क टिचर प्रविधि विशेष गरी सामाजिक मनोविज्ञानमा आधारित पाँच महादेशका अठार लेखक द्दारा प्रतिपादन गरिएको प्रविधि हो । विश्व भूमण्डलीकरणको दृष्टिकोणबाट हेर्दा आज प्रविधि विनाको दुनिया बाट कत्तिपनि टाढा रहन सक्दैनौ । प्राचिन कालमा गरुकुल शिक्षा थियो हाम्रा ऋषिमुनीको आश्रममा गएर शिष्यहरु पढ्ने चलन थियो, विस्तारै मानिसमा चेतनाको स्तर बढ्दै गयो त्यसपछि स्कूल, कलेजका स्थापना भयो देशमा विभिन्न किसिमका निरकंश शासन व्यस्थाको पिडा जनताले झेल्नु पर्यो । देशमा राणा शासनको उदय भयो ,त्यति बेला राणाका र दरवारियाका छोराछोरीले मात्र असल शिक्षा पढ्न पाउने चलन थियो । जंगबहादुर राणा बेलायत भ्रमण बाट फर्कदा, नेपालमा पनि अंग्रेजी शिक्षा पढाइनु पर्छ जुन शिक्षा हाम्रा नजिकका आसे पासेले मात्र पढ्न पाउनु पर्छ जनताका छोरछोरी लाई पढाउनु हुदैन उनीहरु लाई पढाएपछि भोली हाम्रो टाउकोमा टेक्छन् भन्ने सङकुचित धारणा थियो । त्यसैले उनीहरुले जनताका छोराछोरी लाई पढाउन चाहादैन्थे । अहिले एक्काइसौ शताब्दीमा आएर प्रविधि मैत्री शिक्षाले देश विकासको आधार तय गर्छ भन्ने सोच र राय विभिन्न शिक्षाविदहरुले राख्ने गरेको पाइन्छ । प्रविधि विनाको दुनियाको हामी कल्पना पनि गर्न सक्दैनौ । त्यसैले टकिङ्ग टिचर प्रविधिले पनि शिक्षाको गुणस्तर अभिबृद्धि गर्नमा महत्वपूर्ण टेवा पुरयाउदै आएको पाइन्छ । समय र राज्य व्यस्थाका परिवर्तन संगै देशका विभिन्न ठाँउमा यसको प्रयोग भैसकेको छ भने अन्य ठाँउमा यस लाई बडो उत्सुकताका साथ प्रयोगमा ल्याइदैछ । यसमा विभिन्न किसिमका नेपाली, अंग्रेजी बालगीतहरु रहेका छन् ती बालगीतहरु पेन ड्इभमा हालेर विद्यालय लाई उपलब्ध गराइन्छ उक्त पेन ड््रइभमा एनिमेशन९ब्लष्mबतष्यल० र याक्टिङ्गग ९ब्अतष्लन० सहितको भिडियो राखिएको हुन्छ । टकिङ्क पेनले किताबको जुन अक्षर लाई छोयो त्यही अक्षर लाई मात्र बोल्न गर्दछ ।
यसका फाइदाहरु निम्न बमोजिम रहेका छन्ः 
 बच्चाको स्तर सुहाउँदो तरिकाले स्तर निर्धारण गरिएको छ
 शुद्ध संग सुनाई, बोलाई र पढाइ सीपको विकास गर्नमा सहयोग पुरयाउदछ
 यसमा विशिष्ट भाषाको प्रयोग भएकाले शिक्षकलाई थप सहयोग गर्न मद्धत पुर्याउँदछ
 यसमा लेटेस्ट प्रविधिको प्रयोगले गर्दा सिकाइ छिटो हुन्छ
 नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रको उदेश्य लाई नै परिपूर्ति गर्ने तरिकाले राखिएको छ 
एक्काइसौ शताब्दीको लक्ष्यलाई चुम्ने तरिकाले आज टकिङ्क टिचर प्रविधिको प्रयोग रोल्पाली नव चेतनाले ल्याएको देख्दा निकै हर्षित छु । तिम्रो नाम नै सार्थक छ, नयाँ नयाँ विषयबस्तुको खोजी र चेतनाको विकास गर्नु । त्यसैले तिमीले मेरो प्रशिक्षण अवधिभर अनुशासित मर्यादित जिज्ञासु भएर सुनिदियौ म वास्वमै तिमी बाट निकै प्रभावित बनेको छु तिम्रो सहनशीलनता र लगनशीलताको म कहिल्यै पनि बयान गरि सक्दिन होला पनि त्यसैले तिमी साच्चिकै महान रहेछौ नव चेतना तिमीले पनि म प्रति देखाएको स्नेह लाइ कहिल्यै पनि भुल्न सक्दिन आउँदा दिनमा तिम्रो उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

थुमान अधिकारी
सिम्ता गाउँपालिका ६, सुर्खेत