सुर्खेत, १० साउन (जागरण) । कर्णाली प्रदेशमा नयाँ लघु उद्यमी उत्पादन र हाल उद्यम गरिरहेकाहरुको स्तरउन्नति गरिने भएको छ ।
सम्भावना हुँदाहुँदै पनि उद्योग, व्यवसायमा पछाडि परेको भनिएको कर्णालीमा चालु आर्थिक वर्षभित्र नयाँ उद्यमी सिर्जना र स्तरउन्नती गरिने भएको हो ।
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत् उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । सवै जिल्लामा लागु हुने कार्यक्रमका लागि व्यवसाय विकास सेवा प्रदायक संस्था छनोट गर्न आशयपत्र आव्हान भएको छ ।
इच्छुक रहेका संस्था वा फर्मले साउन १९ गते मध्यान्ह १२ बजेभित्र इबिडिङ्ग प्रक्रियामार्फत् आशयपत्र पेश गर्न सक्ने प्रादेशिक लघु उद्यम विकास विशेषज्ञ दीपक गार्तौलाले जानकारी दिनुभयो ।