सुर्खेत, १९ साउन (जागरण) । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुर्खेतको सातौँ अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
नयाँ समितिको अध्यक्षमा खड्क चन्द, प्रथम उपाध्यक्ष चन्द्र मन्दिर मगर, द्वितीय उपाध्यक्ष भानुभक्त रिजाल, महिला उपाध्यक्ष तुलसी शाही, सचिव कवि गिरी, सह-सचिव अम्मर बहादुर चन्द, कोषाध्यक्ष सुर्य थापा, सह-कोषाध्यक्ष पार्वती थापा चयन हुनुभएको छ ।
संस्थाको प्रवक्तामा लक्ष्मी लामिछाने, सदस्यहरु पवन योगी, गिता रिजाल, सुनिता विसी, सुनिता राना, निर्मला गाहा, सन्जय योगी, सुजन गिरी, कृष्णा राना, अन्जली सापकोटा, रमेश शाही, कुमार रखाल, राजु सोनाम, चिन्तामणी कँडेल, रोशन राना निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचितहरुले पद तथा गोपनियताको सपथ ग्रहणसमेत गरेका छन् ।