उषाकी विद्यार्थी बोर्ड चौथो

सुर्खेत, १९ साउन (जागरण) । कक्षा १२ को परिक्षाफल सार्वजनिक भएपछि सुर्खेतको उषा बालबाटिका माध्यमिक विद्यालयले आफ्नो विद्यार्थीले बोर्ड चौथो जिपिए प्राप्त गरेको दावी गरेको छ ।
आफ्नी विद्यार्थी कुशुम थापामगरले ३.८४ जिपिए प्राप्त गरी बोर्ड चौथो जिपिए ल्याएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक सुशील भुसालले व्यवस्थापन संकायतर्फ थापामगरको जिपिए देशभरमै चौथो शीर्ष स्थानमा रहेको बताउनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा अघिल्लो वर्षको तुलनामा चाँडै सार्वजनिक गरेको हो ।