सुर्खेत, २२ साउन (जागरण) । कर्णाली प्रदेशमा एक वर्षको अवधिमा मात्रै करिव ९ सय घरेलु हिंसाका घटना प्रहरी सम्म पुगेका छन् ।
कर्णाली प्रदेशका १० वटै जिल्लामा गरी गत आर्थिक वर्षमा ८ सय ५८ वटा उजुरी दर्ता भएका हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सवै भन्दा बढी सुर्खेतमा ४ सय ६८ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् सबै भन्दा कम डोल्पामा ४ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन् ।
यस्तै जुम्लामा ८२ वटा उजुरी दर्ता हुँदा, कालिकोटमा १८, दैलेखमा ६८, हुम्लामा ३०, मुगुमा ११, रुकुम पश्चिममा ६४, सल्यानमा ३९ वटा उजुरी दर्ता हुँदा जाजरकोटमा भने ७४ घरेलु हिंसाका उजुरी दर्ताभएका छन् ।
जम्मा घटना मध्ये प्रदेशभर ६ सय ३१ उजुरी मिलापत्र भैइसकेको तथ्याङकले देखाएको छ । १ सय ५ उजुरी सम्वन्धित निकाय गएकोमा अहिले सम्म ८७ उजुरीको काम कारवाही भइरहेको प्रहरीले जनाएको छ ।