काठमाण्डौँ, २४ साउन (जागरण) । कास्कीको पोखरामा भएको एक राष्ट्रियस्तरको नृत्य प्रतियोगितामा चर्चित कलाकार शिव संगीतले गाएका गीतमा नृत्य गर्नेहरु नै प्रथम, द्वितिय र तृतिय भएका छन् ।
साँस्कृतिक संस्थान नाँचघरको समन्वयमा कल्याण सेरचन स्मृति प्रतिष्ठान कास्कीको आयोजनामा पोखरामा भएको एकल लोक नृत्य प्रतियोगितामा शिवले गाएका गीतमा नृत्य गर्नेहरुले नै विजय हाँसिल गरेका हुन् ।
कर्णाली प्रदेशको प्रतिनिधित्व गरी प्रतिस्पर्धामा उत्रिएका सुर्खेतका शेखर घर्तिमगर शिव र साथिहरुले गाएको गीत ‘मायासँग भेट भयो यसरी’ मा नृत्य गर्नुभएको थियो । उहाँ प्रथम हुनुभयो । यो गीतमा शिव संगीत र लक्ष्मि रानामगरको स्वर छ भने शव्द दीपेन्द्र थापा मगर र राधिका रुम्वा तथा लय संकलन दीपेन्द्र थापा मगरको छ ।
यसैगरी द्वितिय हुन सफल गण्डकी प्रदेश (कास्की पोखरा) की विनिता गुरुङ्गले पनि शिव, टीका पुन र अर्जुन सुनामले गाएको गीत ‘हातमा बाला’ मा नृत्य गर्नुभएको छ । यो गीतमा घनश्याम खड्काको शव्द र कुलमान नेपालीको लय संकलन छ ।
प्रतियोगिताबाट तृतिय हुन सफल ५ नम्वर प्रदेशका दीपेन्द्र वि.क. ले पनि शिव र टीका पुनले नै गाएको ‘पुनर्जन्म’ मा नृत्य गर्नुभएको छ । यो गीतको शव्द रमेश वि. जी. ले लेख्नुभएको हो भने लय कुलमान नेपालीकै छ ।
त्यसअघि प्रतियोगिताका लागि सात वटै प्रदेशमा छनोट गरी प्रदेश प्रदेशको प्रतिस्पर्धा गराइएको थियो ।
राष्ट्रियस्तरको प्रतियोगितामा एउटै कलाकारका गीतमा नृत्य गरेकाहरु नै प्रथम, द्वितिय र तृतिय हुनुलाई संयोगमात्र मान्न सकिन्न ।
यसबाट नेपाली मौलिक लोक गीत झ्याउरे वा झाँप्रे, सिंगारु वा टप्पा जस्ता गीतको प्रभाव बढ्न थालेको पुष्टी पनि हुने संस्कृतिकर्मीहरुको भनाई छ ।
सुर्खेतमा जन्मिएर काठमाण्डौँलाई कर्मभूमी बनाएका कलाकार शिवले पछिल्लो समय मौलिक झ्याउरे (झाँप्रे) गीतलाई आधार बनाएर गायन क्षेत्रलाई अघि बढाउनुभएको छ । उसो त उहाँ आधुनिक गीतमा पनि त्यत्तिकै पोख्त हुनुहुन्छ ।
हेर्नुहोस् गीतहरुः
नृत्यलाई प्रथम बनाउने गीतः
नृत्यलाई द्वितिय बनाउने गीतः
नृत्यलाई तृतिय बनाउने गीतः