‘समृद्ध सिम्ता, सुखी सिम्ताली’ (कविन्द्रकुमार केसीसँगको कुराकानी)

परिचयः

सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसी तत्कालिन वजेडिचौर गाउँ विकास समिति वडानम्वर ८ भुटमुङ्ग्रामा (हाल सिम्ता गाउँपालिका वडानम्वर ४) मा दलबहादुर केसी र कौशिला केसीको सातौँ सन्तानको रुपमा वि.सं. २०२८ साल पौष ५ गते जन्मिनुभएको हो । हाल उहाँको स्थायी बसोबास सिम्ता गाउँपालिका वडानम्वर ६ राकममा रहेको छ । सानै उमेरदेखि मिलनसार तथा लगनशिल व्यक्तिका रुपमा रहनुभएका केसीले मानविकीतर्फ अन्तर्राष्ट्रिय सम्वन्ध र कुटनीति तथा शिक्षाशास्त्र तर्फ शैक्षिक योजना र व्यवस्थापनमा स्नातकोत्तर (एमए, एमएड) हाँसिल गर्नुभएको छ । वि.सं. २०४३ सालमा तत्कालिन नेकपा माले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) मा सम्पर्क भई वि.सं. २०४५ पछि अनेरास्ववियूको शाखा कमिटी हुँदै जिल्ला र अञ्चल अध्यक्ष तथा केन्द्रिय कमिटी सदस्यसम्म केसीले कुसलताका साथ जिम्मेवारी वहन गर्नुभएको थियो । दुई अवधिसम्म नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको सदस्य भएका केसी हाल जिल्ला कमिटी सचिवालय सदस्य रहेका केसीलाई सिम्ताली जनताले अहिले आफ्नो स्थानिय सरकारको नेतृत्व (गाउँपालिकाको अध्यक्ष) निर्वाचित गरेका छन् । राजनीति सँगसँगै विभीन्न सामाजिक अभियानमा सक्रिय केसी खासगरी स्थानिय विकास, सुशासन र सकारात्मक परिवर्तनका कुसल प्रशिक्षक हुनुहुन्छ । उहाँ लामो समय समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेत, जागरण एफ.एम., समृद्ध समाज विकास केन्द्रको अनुभव प्रप्त गरि सक्नु भएको छ । मानवधिकार एलाइन्सको केन्द्रिय सदस्य राष्टिय पर्यटन व्यवसाय संगठनको प्रदेश नं ६ को सचिव समेत हुनुभएको छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानी ।
 प्रस्तोताः यहालाई जागरणमा स्वागत छ ।
कविन्द्र केसीः धन्यवाद ।
 प्रस्तोताः यहां हिजोआज के काममा व्यस्त हुनु हुन्छ ?
कविन्द्र केसीः गत वैषख ३१ गते सम्पन्न भएको स्थानिय तहको निर्वाचन पछि जेष्ठ ६ गते निर्वाचनको घोषण भयो र सिम्ताली जनताहरुले गाउपालीकाको अध्यक्ष जस्तो गरिमामय पदमा त्यहाका जनताहरुले निर्वाचीत गरे । त्यस यता म सिम्तागाउपालीकाको कामलाई पहिलो प्रथमिकतामा राखेर त्यसै काममा व्यस्त भएको छु । यो योजना निर्माणको अवधि भएको करण गाउपालीकाको आर्थिक ,सामाजीक तथा पूर्वाधार विकासको प्रभावकारी योजना निर्माणमा व्यस्त रहेको छ
 प्रस्तोताः विगतमा विभिन्न संघ संस्थामा आवद्ध भई कुशल नेतृत्वको भूमीकासमेत निर्वाह गर्दै आउनु भएको छ । अहिले सिम्ता गाउँपालिकाको अध्यक्षमा कार्यभार सम्हाल्दा कस्तो अनुभूति भएको छ ?
कविन्द्र केसीः म यस गाउँपालिकाको एउटा सामान्य परिवारमा हुर्केको किसानको छोरा हुँ । मलाई यस गाउँपालिकाका सवै नागरिकहरु अथवा मतदाताहरुले अमूल्य मतदान गरी यस गाउँपालिकाको अध्यक्षजस्तो गरिमामय पदमा विजयी गराएकाले उहाँहरुप्रति हार्दिक आभार प्रकट गर्दै सधै जनताको सेवामा समर्पित भई अगाडि बढ्ने एउटा स्वर्णिम अवसर प्राप्त भएको महसुस गरेको छु । जनचाहना, पछाडि पारिएका वर्ग समुदायहरुको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरमा सधै दत्तचित्त भई अगाडि बढ्ने एउटा महत्वपूर्ण अवसर प्राप्त भएको अनूभूति भएको छ । र यो अवसरलाई म त्यस्सै खेर जान दिन्न ।
 प्रस्तोताः राजनीतिमा आफ्नो पक्षमा निर्णय गर्न सफल व्यक्तित्वको रुपमा यहाँलाई हेरिन्छ । यसरी राजनीतिमा र संघसंस्थामा सफल हुनुका पछाडि के छ रहस्य ?
कविन्द्र केसीः राजनीतिक तथा सामाजिक क्षेत्र लगाव र निरन्तरताको परिणाम हो । स्वच्छ भावनाका साथ अगाडि बढेमा सधै सवैले सफलता चुम्न सकिन्छ । सेवा भावलाई आत्मसाथ गर्दै अगाडि बढ्न सकेमा हरेक प्रकारका सफलताहरुलाई प्राप्त गर्न सकिन्छ । यसमा पनि राजनीतिशास्त्र सवै शास्त्रहरुको मूल शास्त्र हो । यो शास्त्रको अध्ययन, सो अनुसारको कार्यन्वयन एउटा चुनौतिपूर्ण कार्य हो । यसमा व्यक्तिगत स्वार्थ भन्दा पनि सामाजिक स्वार्थलाई पहिलो प्राथमिकता दिन जरुरी छ । यो चुनौतिपूर्ण कामलाई सम्पन्न गर्नका लागि या भनौ सफलता प्राप्त गर्नका लागि थुप्रै प्रकारका चुनौतिहरुका चाँङ हुने गर्दछन् । जहाँ चुनौति छ त्यहाँ सम्भावना पनि प्रयाप्त हुन्छन् । जो व्यक्ति चुनौतिसँग जुध्न सक्छ त्यो व्यक्ति सफल हुनसक्दछ । त्यसकारण मेरो यो सफलतालाई कुनै अलौकिक शक्ति भन्दा पनि आधारभूत तहबाट समाजको उचाईमा उठेर निरन्तर रुपमा सामाजिक सेवा गरिरहेकै कारण सफलता प्राप्त भएको हो भन्ने बुझेको छु । यो सफलतालाई मैले आफ्नो जीवन र मलाई जिम्मेवारी प्रदान गर्ने पार्टी नेकपा एमाले र सिम्ताली दुःखी गरिव जनतालाई साँक्षी राखेर एउटा ठूलो अग्नी परिक्षाको रुपमा लिएको छु । यो अग्नी परिक्षालाई सवै सरोकारवाला व्यक्ति, संघसंस्था, निकायहरुसँगको कुसल समन्वयबाट सफलतापूर्वका कार्यसम्पादन गर्नेछु भन्ने विश्वास दिलाउन चाहन्छु ।
 प्रस्तोताः सिम्ता गाउँपालिकामा सिम्ता उज्यालो कार्यक्रम, जनतासँग सिम्ता गाउँपालिका जस्ता कार्यक्रम ल्याएर चर्चा कमाउनुभएको छ र अव आगामी पाँच वर्षका लागि भावि योजना तथा कार्यदिशा के के छन् ?
कविन्द्र केसीः विकास निरन्तर रुपमा अगाडि बढ्ने रुपान्तरणको प्रक्रिया हो । रुपान्तरण आफैमा चुनौतिपूर्ण हुन्छ र मैले अघि नै भनिसकेँ चुनौतिलाई सामना गर्नु नै पनि एउटा विकास हो । यो चुनौतिलाई सामना गर्नका लागि मैले आफ्नो मन, वचन र कर्मले अगाडि बढ्न जरुरी छ । जनताको भाग्य र भविश्यमा नै मेरो पनि भाग्य र भविश्य जोडिएको छ । आगामी पाँच वर्षमा सिम्ताली जनताको समृद्धिका लागि सवै एकाकार भएर अगाडि बढ्न जरुरी छ । कुनै पनि सरकार विधिले चल्नुपर्छ भन्ने मान्यता म राख्दछु । सिम्ता गाउँपालिकाका तीन लक्ष्य र चार आर्थिक नीतिको आधारमा सिम्ता गाउँपालिकालाई अगाडि बढाउने संकल्प गरेको छु । तीन लक्ष्यले सिम्ताली जनताको समृद्धिका लागि सपना बोकेको छ । हामीले मुर्छित् सपनाहरुलाई व्यूँझाउन जरुरी छ । सपना अमूर्त हुन्छन् अनि सरासर हेर्दा सपना असम्भवजस्तो पनि देखिन्छ । अमूर्त र असम्भव सपनालाई साकार पार्नका लागि सिद्धान्त र व्यवहारलाई सँगसँगै अगाडि बढाउन जरुरी छ । त्यसैगरी यस गाउँपालिकाका चार आर्थिक नीति छन् । नेपाल सरकारले तीन खम्वे अर्थ नीति अवलम्वन गरेको छ । तर सिम्ता गाउँपालिकाले चार खम्वे आर्थिक नीति अवलम्वन गरेको छ । जसमा सरकारी, निजी, सहकारी र गैरसरकारी निकाय रहेका छन् । यस गाउँपालिकालाई व्यक्तिले होइन विधिले सञ्चालन गर्ने थितीको विकास गर्न गइरहेका छौँ । गाउँपालिकाका निम्ती आवश्यक पर्ने विभीन्न ऐन, नियम, कानूनहरु तथा अल्पकालिन र दिर्घकालिन योजनाहरु निर्माण गरी ती अल्पकालिन र दिर्घकालिन योजनाहरुको कुसल कार्यन्वयनमार्फत् सिम्ता गाउँपालिकाले तय गरेको, आर्थिक, सामाजिक र पूर्वाधार विकास, सुशासनयुक्त समृद्ध सिम्ता गाउँपालिकाको आधार भन्ने मूल नाराका साथ अगाडि बढ्ने योजना बनाएका छौँ । यसका लागि व्यापक जनसहभागितामा आधारित जनतासँग सिम्ता गाउँपालिका कार्यक्रम लागू गर्न गइरहेका छौँ । यसअन्तर्गत गाउँपालिकाको आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य तथा सशक्तिकरण क्षेत्र पर्छन् । यसमार्फत् गाउँपालिकाका पछाडि पारिएका वर्ग, समुदायको समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । त्यसैगरी सिम्ता उज्यालो कार्यक्रमले अहिले पनि टुकी र दियालोमा जीवन निर्वाह गरिरहेका सिम्ताली जनताहरुलाई विद्युतिकरणमार्फत् सिम्तालाई उज्यालोमा रुपान्तरण गर्ने परिकल्पना गरिएको छ । अर्कोतर्फ अहिले पनि साविकका विभीन्न गाउँ विकास समितिहरु तथा सिम्ता गाउँपालिकाका केही वडाहरुमा सडक यातायात पुग्न सकेको छैन । तसर्थ सिम्ता गाउँपालिकाका सवै वडाका सदरमुकामहरुसम्म सवै प्रकृतिका सवारी साधनहरु सहज रुपमा पुग्न सक्ने स्तरउन्नतिसहितको पहुँच मार्ग निर्माण गर्ने योजना बनाएका छौँ । माथिका सवै योजनाहरुलाई साकार पार्नका लागि एकाकार भई अगाडि बढ्न सवै सिम्ताली जनताहरुलाई म आव्हानसमेत गर्दछु ।
 प्रस्तोताः साहित्य, कला संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासलाई एउटा उचाईमा पुर्याउन के कस्ता कदमहरु चाल्नुहुन्छ ?
कविन्द्र केसीः साहित्य समाजको दर्पण हो । कुनै पनि साहित्यले समाजमा रहेका संस्कार, संस्कृति, परम्परा, रहनसहनलाई प्रतिविम्वित गर्दछ । त्यसैगरी साहित्यले परम्परागत इतिहाँसको संरक्षण र सम्वद्र्धन पनि गरेको हुन्छ । साहित्य र समाज एक अर्काका परिपुरक विषय हुन् । साहित्यको विकास भए समाजको  विकास हुनसक्छ । समाजको विकास भए साहित्यको संरक्षण र प्रवद्र्धन हुन सक्छ । यस सिम्ता गाउँपालिकामा आफ्नै प्रकृतिको कला, संस्कृति, परम्परा रहेका छन् । यिनीहरु नै गाउँपालिकाका धरोहर हुन् । यसको संरक्षण र सम्वद्र्धनले गाउँपालिकाको समृद्धीको आधार बन्न सक्छ । त्यसकारण यहाँको आफ्नै प्रकृतिको भाषा, संस्कृति, परम्परा, रहनसहनलाई बचाई राख्न आजको महत्वपूर्ण काम हो । यसका लागि यहाँका सवै नागरिकहरु, सरकार, विभीन्न संघसंस्थाहरुले साझा दायित्वको रुपमा लिएर अगाडि बढ्न आवश्यक छ । यहाँका साहित्य बचाउन सकेमात्रै हाम्रो इतिहाँस बच्न सक्छ । तसर्थ प्रवुद्ध व्यक्तिहरुको सहभागितामा यहाँको कला, संस्कृतिलाई बचाउन सकियो भनेमात्र हाम्रो पहिचान बच्न सक्छ । यसका लागि जुन समाजमा तपाईहरु आवद्ध हुनुहुन्छ यही सिम्ताली एकता समाजको नेतृत्वमा सवै सरोकारवालासँगको समन्वयमा अगाडि बढ्न सकेमा यसको संरक्षण हुनसक्छ ।
 प्रस्तोताः सिम्ता क्षेत्रमा विभीन्न पर्यटकिय स्थलहरु, विकासका संभावित क्षेत्रहरुको रुपमा रहेका छन्, विगतमा पनि पर्यटन प्रवद्र्धनका क्षेत्रमा यहाँको ठूलो योगदान रहेको छ भनिन्छ, आगामी दिनमा सिम्ता क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि के कस्ता योगदान गर्नुपर्छ ?
कविन्द्र केसीः पर्यटन र विकास एकअर्काका प्रायवाची हुन् । राष्ट्र विकासको एक हिस्सा पर्यटन विकासले लिएको हुन्छ । पर्यटन सामाजिक विकासको महत्वपूर्ण पक्ष हो । सिम्तामा पर्यटन विकासका लागि महत्वपूर्ण स्थलहरु रहेका छन् । जसअन्तर्गत कोटको थुम्को, भोटेचुली, खानीपाखा गुफा, मस्तारा गुफा, विभीन्न मठमन्दिर, दह ताल, नागवेली रुपमा बगेको भेरी नदी, आली र राकममा रहेका उर्वर फाँट, यहाँको साँस्कृतिक परम्पराः सिंगारु, देउडा, ख्याली नाँच, पञ्चेबाजा आदी महत्वपूर्ण पक्ष हुन् । यिनै पक्षहरुको संरक्षण, प्रचार र सम्वद्र्धन गर्न सकियो भने पर्यटन विकासको प्रवल सम्भावना छ । यहाँको प्राकृतिक श्रोतसाधन, कृषि उपज, महाभारत पर्वतमाला पर्यटन विकासको मूल आधार हुन् । अघि मैले भनेका क्षेत्र र विषयवस्तुहरुको प्रचार प्रसार र संस्थागत विकास गर्न सकियो भने पर्यटन विकासमा मद्दत पुग्न सक्दछ ।
 प्रस्तोताः अन्त्यमा के भन्नुहुन्छ ?
कविन्द्र केसीः मलाई यसरी भेटेर मेरा विचार र सिम्ता गाउँपालिकाकाका काम तथा योजनाहरु आम जनतामाझ पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा तपाई र जागरणलाई विशेष धन्यवाद छ ।