शे–फोक्सुन्डो निकुञ्जमा हिउँ चितुवाको गणना सुरु

डोल्पा, १९ वैशाख (जागरण) । डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको गणना सुरु गरिएको छ । नेपालकै ठूलो निकुञ्ज शे–फोक्सुन्डो वन क्षेत्रमा विश्वमै लोपोन्मुख वन्यजन्तु हिउँ चितुवाको गणना सुरु गरिएको हो ।
विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा शे–फोक्सुन्डो राष्ट्रिय निुकञ्जले गणना सुरु गरेको छ । विश्व वन्यजन्तु कोष,शे–फोक्सुन्डो निकुञ्ज, हिउँ चितुवा संरक्षण समितिसहित ३३ जनाको अध्ययन टोली १३ वैशाखमा निकुञ्ज कार्यालय सुलिगाडबाट बनतर्फ हिंडिसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले बताउनुभयो ।
चौधरीका अनुसार अध्ययन टोलीले एक महिना लगाएर हिउँ चितुवाको गणना गर्नेछ । क्यामेरा ट्रयाप र दोहोरो गणना विधिद्धारा गणना गरिनेछ, हिउँ चितुवासँगै आहारा प्रजातिको रुपमा रहेको निल भेडा (नावर) समेत गणना गरिने जानकारी दिनुभयो ।
अध्ययन टोलीले वैशाख २२ गते हिउँ चितुवा र नावर पाइन विभिन्न स्थानमा क्यामेरा राखेर अध्ययन सुरु गर्ने प्रमुख संरक्षण अधिकृत चौधरीले जानकारी दिनुभयो ।