वाह ! चक्रपथः न धुलो न जाम (भिडियो सहित)

काठमाण्डौँ, २७ साउन (जागरण) । कुनै बेला बाहिरी जिल्ला वा देशबाट नेपालको संघिय राजधानी काठमाण्डौँ जानुपर्ने भयो भने जो कोहीलाई पनि तनाव शुरु हुन्थ्यो । सोच्ने गरिन्थ्यो, हत्तेरी ! फेरी पनि काठमाण्डौँको धुलैधुलोमय बाटोको यात्रा गर्नुपर्ने भयो । घण्टौँ लाइन लागेर पट्यारलाग्दो यात्रा गर्नुपर्ने भयो ।

यसैगरी सोच्ने गरिन्थ्यो, ओहो ! तोकेको समयभित्रै काठमाण्डौँको काम सकेर फिर्ता हुन सकिँदैन । काठमाण्डौँ बाहिरमात्रै होइन काठमाण्डौँभित्रै बसोबास गर्ने नागरिकहरुले पनि आजित थिए । घरबाट निस्कियो कि मुखमा मास्क लगाउनै पर्ने नियमित कामभित्र पर्थ्यो । तर अव त्यस्तो अवस्था रहेन ।

चक्रपथको स्तरउन्नती र क्षेत्रविस्तार पछि नागरिकहरुले अव सहजै यात्रा गर्न सक्ने भएका छन् । यस्तै धुलोभित्रै यात्रा गर्नुपर्ने छैन । अव मास्क नलगाए पनि हुन्छ । सवारी चालकहरु ट्राफिक नियमको पालना गरिरहेका छन् । सुन्दर सडकको यात्रा गर्दा पनि आनन्द महसुस हुन थालेको छ ।

थप हेर्नुहोस् यो भिडियोः