अध्यक्षमा पुनः शर्मा, स्याकको भूमिका अनकरणियः मन्त्री केसी

सुर्खेत, २९ साउन (जागरण) । कर्णाली सहित दुई वटा प्रदेशका विभिन्न जिल्लामा कार्य गर्दै आएको समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतको अध्यक्षमा मीना तिवारी शर्मा फेरी चयन हुनुभएको छ ।
आज आफ्नो केन्द्रिय कार्यालय परिसर सुर्खेतमा २५ औँ वार्षिक उत्सव तथा २४ औँ बार्षिक साधारण सभाबाट शर्माको अध्यक्षतामा समिति चयन भएको हो ।
आगामी तीन वर्षका लागि चयन भएको समितिको उपाध्यक्षमा खगेन्द्र प्रसाद सापकोटा, महासचिवमा गंगा गुरुङ्ग, कोषाध्यक्षमा शोभा तिवारी र सचिवमा राधा भण्डारी तथा सदस्यहरुमा नवराज खड्का, चौहानसिं राना र शुभा वि. क. चयन हुनुभएको छ ।


स्याक नेपाल सुर्खेतले शिक्षा, स्वास्थ्य, आयआर्जन तथा जीविकोपार्जन, मानव अधिकार तथा शान्ति प्रर्वद्धन, संस्थागत विकास, जलवायु परिवर्तनको क्षेत्रमा विभिन्न काम गर्ने योजना अघि सारेको छ ।
उद्घाटन सत्रमा कर्णाली प्रदेश सरकारकी प्रवक्ता, भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले स्याक नेपालले समाज रुपान्तरणका लागि गरेको योगदान अनुकरणिय रहेको बताउनुभयो ।
मन्त्री केसीले कृषि उत्पादनका कार्यहरुमा सहकार्य गर्ने संघ संस्थाहरुलाई प्रदेश सरकारले प्रोसाहन गर्ने निति लिएको पनि उहाँले बताउनुभयो ।
उहाँले कर्णाली प्रदेशमा रहेको गरीबीलाई अन्त्य गर्ने अभियानमा स्याक र यस्तै अन्य संघ संस्थाहरु लाग्नुपर्नेमा जोड दिनुभयो । यस्तै स्याककी अध्यक्ष शर्माले विभिन्न ७ वटा गाउँलाई नमुना गाउँको रुपमा अभ्यास गर्न लागेको बताउनुभयो ।
स्याकले लामो समयदेखि कर्णाली प्रदेशका सुर्खेत, दैलेख र जुम्ला तथा ५ नम्बर प्रदेशको बाँके जिल्लामा महिला, बालबालिका तथा किशोरकिशोरीको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माणको परिकल्पनाका लागि विभिन्न कार्यहरु गर्दै आएको छ ।