अनियमिता भए सिधै सम्पर्क गर्नूः मुख्यमन्त्री

कालिकोट, १ भदौ (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कुनै पनि योजनामा अनियमिता भएको भए आफूलाई सिधा खबर गर्न आग्रह गर्नुुभएको छ ।
मुख्यमन्त्री शाहीले कालिकोटमा आज ‘हाम्मा कुँडा, हाम्मा मुख्यमन्त्री’ कार्यक्रमको शुभारम्भ गर्दै यस्तो बताउनुभएको हो । शुभाराम्भ कार्यक्रममा स्थानीय नागरिकले मुख्यमन्त्री शाहीसँग राखेको जिज्ञासाको उत्तर दिँदै प्रदेश, जिल्ला वा स्थानिय तहमा सरकारी रकमको दुरुपयोग भएको भए सिधै आफूलाई जानकारी दिन आग्रह गर्नुभयो ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकार समृद्धिको बाटोमा लम्केकाले कर्णाली प्रदेशमा नागरिकको समस्या र जनताका सबै प्रकार समस्या बुझ्नका लागि ‘हाम्मा कुँडा, हाम्मा मुख्यमन्त्री’ कार्यक्रम संचालनमा ल्याएको बताउनुभयो ।
उहाँले ‘समृद्धिको बाटोमा लम्केका कारणले सुशासन नभई समृद्धि आउँदैन भन्दै सुशासनका लागि नै आफुहरुले यो कार्यक्रम संचालन गरेका बताउनुभएको छ ।
कार्यक्रममा स्थानीय राजनीतिक दल र स्थानीय नागरिकले देश विकासका लागि कर्णाली प्रदेश सरकारले नयाँ नयाँ योजना ल्याउन माग गरेका छन् । ‘हाम्मा कुँडा, हाम्मा मुख्यमन्त्री’ का लागि पैसा नलाग्ने नम्बर पनि संचालनमा ल्याइएको छ । १०९६ नम्बरमा कर्णाली प्रदेशका जुनसूकै नागरिकले मुख्यमन्त्रीसमक्ष आफ्ना गुनासा तथा जिज्ञासा राख्न पाउने भएका छन् ।

 

फोटो स्रोतः सुशिल खड्का