गणेशजलको वार्षिक समिक्षाः उच्चस्तरको प्रविधि प्रयोग गरेकोमा प्रशंसा

सुर्खेत, २ भदौ (जागरण) । गणेशजल बहुउदेश्यीय सहकारीले बार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा संस्थाको करिव ५ हजार सदस्य र १४६ समुह रहेका सहकारीले जनाएको छन् ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आ.व २०७५/७६ मा १८ स्थानमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरी १७७६ जनलाई सुविधा दिएको सहकारीका अध्यक्ष प्रेमकुमार विसीले जानकारी दिनुभयो ।
बार्षिक समिक्षा गोष्ठिका प्रमुख अतिथि जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत वि.सीले उच्चस्तरको प्रविधि प्रयोग गर्दै आएको गणेशजललाई कर्णाली प्रदेशकै उत्कृष्ठ सहकारी रहेको बताउनुभयो ।
प्रविधिमार्फत सदस्यलाई दिएको सुविधाको उच्च मुल्याङ्कन गर्दै सहकारी मन्त्रालयले प्रदेशमै उत्कृष्ट सहकारी घोषणा गर्नुपर्ने उहाँले बताउनुभयो । गणेशजलले एटिएम सेवा, मिस्डकल बैंकिङ, क्यूआर कोड बैंकिङ, एसएमएस बैंकिङ लगायतको सेवा सदस्यलाई प्रदान गर्दै आएको छ ।