कर्णालीका केही सामुदायिक विद्यालयको काम अझै प्रदेश ५ बाट

सल्यान, ३ भदौ (रेडियो राप्ती) । सल्यान र रुकुम पश्चिमका सामुदायिक विद्यालयको कामकाज अहिले पनि राष्ट्रिय परिक्षा वोर्ड दाङले हेरिरहेको छ ।
देशका अन्य क्षेत्रमा वोर्डले प्रदेश अनुसार कामकाज सञ्चालन गरेपनि सल्यान र रुकुम पश्चिमका माध्यमिक विद्यालयहरु हरेक कामकाजको लागि सुर्खेत नभई दाङ घोराही जानुपर्ने वाध्यता छ । रजिष्टे«शन र परिक्षा राजश्व समेत ५ नम्बर प्रदेशमा जाने गरेको छ ।
सल्यान र रुकुम पश्चिमका सरोकारवालहरुको यस तर्फ ध्यान जान नसकेको विद्यालयहरुले जनाउने गरेका छन् । प्रभाकर मावि देवस्थलका शिखर कुमार यरीले अनुसार पुरानै ढर्राबाट राष्ट्रिय परिक्षा वोर्ड सञ्चालन भएको दुखेसो गर्नुभयो ।
सल्यानका २५ र रुकुम पश्चिमका ३४ गरि ५९ वटा विद्यालयहरु यो शैक्षिक सत्रमा ५ नंम्बर प्रदेशको दाङ घोराही कामकाजका लागि धाईरहेका छन् । राष्ट्रिय परिक्षा वोर्ड दाङले भने अर्को सुचना नआए सम्म २ जिल्लाको कामकाज दाङ कार्यालयबाट सञ्चालन हुने जनाएको छ । कर्णाली प्रदेशका ५९ वटा माविलाई संघियाताले नछोएको अभिभावकको दुखेसो छ ।