सुर्खेत, ३ भदौ (जागरण) । संघ, कर्णाली प्रदेश र स्थानिय तहका जनप्रतिनिधिहरुले तीनवटै तहका सरकारको अन्तरसम्वन्ध ठीक भए मात्र समाजवादको लक्ष्यमा पुग्न सकिने बताएका छन् ।
संघ, प्रदेश र स्थानिय तहको अन्तर्सम्वन्ध व्यवस्थित गर्न बनेको विधेयकको सन्दर्भमा कर्णाली प्रदेशस्तरिय छलफलमा उनिहरुले अधिकारका हिसावले सम्पन्न भए पनि सवै तहका सरकार एक आपसमा परिपूरक रहेका बताएका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सेनाले ‘समृद्ध नेपाल–सुखी नेपाली’ को नारा साकार पार्न सवै तहका सरकार र संसद्ले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
कर्णाली प्रदेशको विधायन तथा प्रदेश मामिला समितिले नेपाल कानून समाज कानूनी सम्वाद केन्द्रको सहयोगमा छलफल गरेको हो ।
छलफलमा कर्णाली प्रदेशबाट संघिय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यहरु, प्रदेश सभाका सदस्यहरु तथा स्थानिय तहका प्रमुख र उपप्रमुखहरु सहभागि भएका छन् ।
जनप्रतिनिधिहरुले विधेयकका विभिन्न दफामा समूह समूहमा छलफल गरेका छन् । छलफलबाट आएका सवाललाई समेटेर विधेयक अघि बढाउने तयारी छ ।