यस्तो विद्यालय, जहाँ कार्यालय सहयोगीले पढाउँछन्

सल्यान, ४ भदौ (रेडियो कपुरकोट) । शिक्षकले विद्यालय छोडेपछि सल्यानको एक विद्यालयमा कार्यालय सहयोगीले विद्यार्थी बढाउने गर्नुभएको छ ।
२६ जना विद्यार्थी संख्या रहेको बाललिला आधारभुत विद्यालय बन्गाड कुपिन्डे नगरपालिका वडा न ४ देउलीमा कार्यालय सहयोगी राधिका परियारले पढाउने गर्नुभएको हो ।
निजी श्रोतमा रहेका शिक्षकले तलव नपाएको भन्दै विद्यालय छाडेपछि कार्यालय सहयोगीले विद्यालय हाँक्नुपरेको हो । विद्यालयका शिक्षक प्रकाश बुढाले समयमा तलव नपाएको भन्दै पढाउन छाडेपछि विद्यालयमा झन समस्या थपिएको हो ।
विक्रम संवत् २०६६ सालमा विद्यालय स्थापना भएपनि हालसम्म एकजना पनि दरबन्दिमा शिक्षक नहुँदा नीजि श्रोतबाट शिक्षक राख्नुपर्ने अवस्था छ ।