हानिकारक प्रथाविरुद्ध दुई किसिमका सञ्जाल बनाउने प्रतिवद्धता (अडियो सहित)

सुर्खेत, ६ भदौ (जागरण) । सामाजिक हानिकारक प्रथा–प्रचलनको विरुद्धमा काम गर्नेगरी कर्णाली प्रदेशमा क्रियाशिल सरकारी र गैरसरकारी निकायहरुको दुई किसिमका सञ्जाल बनाइने भएको छ ।
सामाजिक हानिकारक प्रथा–प्रचलनले महिला तथा बालबालिकालाई बढी प्रभावित गरेकाले त्यस्ता प्रथा–प्रचलन विरुद्ध काम गरिरहेका निकायहरुको सञ्जाल बनाइने भएको हो ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास महासाखाले प्रदेश, जिल्ला र स्थानिय तहसम्मका सरकारी तवरबाट सञ्जाल बनाउने गरी छलफल अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।
जागरण विशेष रेडियो कार्यक्रममा सामाजिक विकास महासाखाकी सामाजिक विकास अधिकृत अनिता ज्ञवालीले सञ्जालमा सरकारी तवरबाट नेतृत्व हुने र गैरसरकारी, नागरिक समाज, सञ्चार क्षेत्र सवैलाई सामेल गराउने गरी छलफल गर्ने बताउनुभएको हो ।
यसैगरी, आवाज संस्था सुर्खेतकी कार्यकारी निर्देशक पवित्रा शाहीले पनि सरकारी तवरबाट हुने सञ्जालमा पनि सामेल हुने र गैरसरकारी क्षेत्रको तर्फबाट समेत सञ्जाल बनाउने गरी पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता केन्द्रकी (प्रहरी सहायक निरिक्षक) डिला वि.क.ले अधिकारका क्षेत्रमा क्रियाशिल सवै क्षेत्रसँग मिलेर काम गर्ने बताउनुभएको छ ।

पुरा कार्यक्रम सुन्नुहोस्ः

जागरण विशेष २०७६/०५/०६