कर्णालीमा दुई हजार पाँच सयभन्दा धेरै दरवन्दी सिर्जना गरिँदै (अडियो सहित)

सुर्खेत, १० भदौ (जागरण) । कर्णाली प्रदेश सरकारले २ हजार ५ सयभन्दा धेरै कर्मचारी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ ।
गत शुक्रबारको प्रदेश मन्त्रीपरिषद्को निर्णय सार्बजनिक गर्दै सरकारका प्रवक्ता भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले २५ सय २५ वटा दरबन्दी स्वीकृत गरिएको जानकारी दिनुभएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रस्तावमा मन्त्रालय, सचिवालय, आयोग र कार्यालयका एक सय ५९ वटा इकाईका लागि कर्मचारी भर्ना गरिने उहाँले जानकारी दिनुभयो ।

केसीको आवाजः

यस्तै, मन्त्री केसीले दैलखको गुराँस गाउँपालिकाको प्रशासनिक केन्द्र गाउँपालिका वडा नम्बर ५ रानीमत्ता सार्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकाको नाम परिर्वतन गरी ‘खस हाँटसिजा’ नामाकरण गरिएको पनि उहाँले जानकारी दिनुभयो । मन्त्री केसीका अनुसार सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेश स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था व्यवस्था गर्न बनेको विद्येयक केही परिमार्जन सहित प्रदेश सभामा गर्न स्वीकृत गरिएको छ ।
मन्त्री केसीले कर्णालीमा कर्मचारीको अभाव कायमै रहेको भन्दै लिष्टमा १ हजार ८ सय कर्मचारी भएको भएपनि त्यसको आधामात्र कर्मचारी काममा भएको बताउनुभयो ।