पंखबहादुर शाही ।
सुर्खेत, १० भदौ (जागरण) । कर्णालीका कुनैपनि स्वास्थ्य संस्थामा औषधी अभाव हुन नदिने सामाजिक विकास मन्त्रालयले बताएको छ । विगतमा जस्तो औषधी अभाव हुन नदिनेगरी मन्त्रालयको स्वास्थ्य महाशाखा लागेको हो ।
महाशाखाले दिएको जानकारी अनुसार अहिले कर्णालीमा तीनसय भन्दा धेरै स्वास्थ्य संस्थाहरु रहेका छन् । कुनैपनि स्वास्थ्य संस्थामा अहिले औषधी अभाव नभएको भन्दै अब औषधी अभावकै कारण नागरिकहरुले विगतको जस्तो समस्या झेल्नु नपर्ने महाशाखाले जनाएको छ ।
महाशाखा प्रमुख वृष बहादुर शाहीले विगतको जस्तो सिटामोल नै नपाइने अवस्था अहिले नभएको बताउनुभयो । उहाँले सबै स्थानीय तहका स्वास्थ्य संस्थासम्म मागअनुसारको औषधी पठाउने गरिएको बताउनुभयो ।
शाहीको आवाजः
स्थानीय तहसँग समन्वय गरी औषधी खरिद गर्ने गरिएको भन्दै सबैभन्दा अभाव हुने हिमाली जिल्लाहरुलाई मध्यनजर गरी औषधी स्टक राखिएको उहाँको भनाई छ । यो बर्ष औषधी खरिदका कर्णालीका ३ सय भन्दा बढी स्वास्थ्य संस्थाको लागि २/२० लाख रकम छुट्याइको छ ।
यस्तै, महाशाखाले स्वास्थ्य क्षेत्रको लागि गत बर्ष छुट्याइएको रकमको एकतिहाई मात्र खर्च गरेको छ । प्रदेश सरकारको ६३ करोड ९४ लाख ५० हजार र केन्द्र सरकारको सशर्त अनुदान ४० करोड गरी १ अर्ब ३ करोड ९४ लाख ५० हजार रकम स्वास्थ्य क्षेत्रको लागि छट्याइएको थियो ।
तर महाशाखाले ६७ करोड ९ लाख ३९ हजार रकम खर्च गर्न नसकी फ्रिज भएको छ ।