सुर्खेत, १० भदौ (जागरण) । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर भेरीगंगा र गुर्भाकोट नगरपालिकामा भएका युवती समुहले छलफल कक्षामा सिकेको प्रजनन, मातृ तथा नवशिशु स्वास्थ्य सिकाइहरुलाई तीज गीतमार्फत् प्रस्तुत गरेका छन् ।
समाज जागरण केन्द्र (स्याक) नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित नेपाली युवाका लागि स्वस्थ रुपान्तरण परियोजना अन्तरगत गठन भएका युवती समुहले छलफल कक्षामा सिकेको प्रजनन्, मातृ तथा नवशिशु स्वास्थ्य सिकाइहरुलाई तीज गीतको माध्यमबाट समुदायलाई सचेत गराउने उद्देश्यले भेरीगंगा नगरपालिकाको छिन्चु बजारमा र गुर्भाकोट नगरपालिकाको मेहेलकुनामा सम्पन्न गरेका हुन् ।
पालिका स्तरमा गठन भएका युवती समुहका युतीहको अध्यक्षता संचालन भएको कार्यक्रममा वडा अध्यक्ष ज्युको प्रमुख आथित्य संभलान भएको थियो ।
भेरीगंगा नगरपालिका गठन भएका ४२ वटा युवती समुहहरुको प्रतिनिधित्व गर्दै ४ वटा समुह र गुर्भाकोट नगरपालिकामा गठन भएका ४८ समुहको प्रतिनिधित्व गर्दै ६ वटा समुहहरुले भाग लिएका थिए ।
ती गीत प्रतियोगीतामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने समुहहरुलाई पुरस्कार वितरण गरिएको थियो ।