जुम्लामा स्याउ महोत्सव शुरु

रतन नेपाली (रेडियो खुल्ला आकास)
जुम्ला १५ भदौ (जागरण) । जुम्लामा स्याउ महोत्सव शनिबारदेखि सुरु भएको छ । खलंगा बालमन्दिर नजिकै शुरु भएको दोस्रो स्याउ महोत्सको उद्घाटन कर्णाली प्रदेशका भुमी व्यावस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले गर्नुभएको हो ।
जुम्लाको उत्पादन र आम्दानीको मुख्यस्रोत भएकोले स्याउको बजारीकरण र प्रचारप्रसारको लागि स्याउ महोत्सवको आयोजना गरिएकोे आयोजक समिति जुम्लाका संयोजक महेन्द्र कार्कीले बताउनुभयो ।
प्रचार प्रशारका लागि जोड टोड त गरियो तर प्रचुर सम्भावना बोकेको भएपनि जुम्ली स्याउ प्रवद्र्धन सवै तहका सरकारको प्रथामिक्तामा पर्न नसकेको नागरिकहरुको गुनासो छ । (अडियो सहित)