सुर्खेत, १५ भदौ (जागरण) । सल्यानमा भाइरल ज्वरोको प्रकोप बढदै गएको छ । जिल्ला अस्पतालमा दैनिक २० जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।
अस्पतालका अनुसार गाउँका स्वास्थ्यचौकीमा पनि उपचारका लागि आउने बिरामी बढेका हुन् । जिल्ला अस्पताल प्रमुख डाक्टर अर्जुन बुढाले बिरामीको संख्या बढदै गएपछि शय्या अभाव हुन थालेको बताउनुभएको छ ।
स्वास्थ्य कार्यालयले जिल्लाभर भाइरल ज्वरोका कारण ४ सय बढी बिरामी भएको जनाएको छ । भाइरल ज्वरोले कजेरीका अधिकांश बालबालिका प्रभावित भएको स्वयंसेविका हिमा बुढाथोकीले बताउनुभयो ।
कुमाख गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मानसिंह ओलीले स्वास्थ्यचौकीमा भाइरल ज्वरोका बिरामी बढदै गएपछि सबै ठाउँमा पर्याप्त औषधिको व्यवस्था गरिएको बताउनुभएको छ ।
यता, जाजरकोटको जूनीचाँदे गाउँपालिका वडा नम्बर १० र ११ को सिर्फ र कोताङमा मौसमी फ्लुका कारण स्थानीयवासीहरु बिरामी परेका छन् ।
सदरमुकामबाट पैदल दुई टाढाको दूरी रहेको सिर्पमा एक सातादेखि मौसमी फ्लु देखा परेको स्वास्थ्य कार्यालय, जाजरकोटका प्रमुख गौरव ढकालले बताउनुभएको छ ।
जिल्ला सदरमुकामस्थित स्वास्थ्य कार्यालय औषधि पठाउने कार्य सुरु गरिएको उहाँले बताउनुभएको हो ।
यस्ता मौसमी संक्रबाट कसरी बच्न सकिन्छ त ? सहकर्मी पंख बहादुर शाहीले चिकित्सकसँग गरेको कुराकानी । (अडियो सहित)