ज्यानको बाजी लगाएर विद्यार्थीहरु विद्यालय जान बाध्य

दैलेख, २० भदौ (जागरण) । दैलेख गुराँस गाउँपालिका वडा नम्बर ८ झ्याँजे र सुर्खेत वीरेन्द्रनगर १६ लेहेडाका विद्यार्थीहरु गुराँस गाउँपालिका ८ मा रहेको कालिका मावि गर्चामा पढ्न जान्छन् । एक घण्टाभन्दा लामो पैदल यात्रा गर्नुपर्ने उक्त सडकमा ज्यानको बाजी लगाएर ति विद्यार्थीहरु विद्यालय जान बाध्य छन् ।
सडकको अवस्था यस्तो नाजुक छकी गाडी गुड्ने त कुरै छोडौ मान्छे समेत कतीबेला खस्ने हो पत्तै छैन् । विद्यार्थीहरुलाई पुर्‍याउन र ल्याउन अविभावकको ड्यूटी जस्तै छ । अविभावकहरुले सडकलाई छिटो सुधार गरिदिन आग्रह गरेका छन् । (अडियो सहित)