सुर्खेत, २१ भदौ (जागरण) । गौहत्या प्रकरणमा छानविनका लागि नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक र चितवन ट्रान्सपोर्टका सञ्चालक पक्राउ परेका छन् ।
नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विकी भनिने अत्रिप्तसिंह श्रेष्ठ पक्राउ परेका हुन् ।
बेगटी र श्रेष्ठलाई बाँके प्रहरीको समन्वयमा सुर्खेत प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरेले जानकारी दिनुभयो । दुवै जनालाई म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको उहाले जानकारी दिनुभयो ।
नेपालगञ्ज वृत्ता काञ्जी हाउसका गाईगोरु दैलेख लैजाने भन्दै भदौ १३ गते विहान वीरेन्द्रनगरको कटकुवा र सुब्बाकुना नजिकैको भिरमा ३६ वटा मृत भेटिएका थिए । प्रहरीले अनुसन्धानको क्रममा पाँच ट्रकका पाँच चालक र दुई सहचालकसहित सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।