बजारीकरणलाई ध्यान दिए कृषि क्षेत्रमा राम्रो प्रतिफल आउछः जनता

सुर्खेत, २१ भदौ (जागरण) । सरकारले अनुदान वापत कृषि क्षेत्रमा बर्षेनी दिँदै आएको अर्बौं रुपैयाँ बालुवामा पानी हाले जस्तो भएको छ ।
सरकारी अनुदान कृषि उत्पादनमा वृद्धि र विकासमा केन्द्रत छ । तर, यति ठूलो लगानीको प्रतिफल भने न्यून देखिन्छ ।
पछिल्ला वर्षमा अनुदान रकम बढाउँदै लगिएको छ, उत्पादन भने बढ्न सकेको छैन । त्यसका लागि विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्था र दातृ निकायले सहायता दिँदै आएको भएपनि खास्सै प्रगति भने देखिदैन् । (अडियो सहित)