बन्दीले गरे रक्तदान

सल्यान २२, भदौ (रेडियो राप्ती) । ब्लड बैंक नहुँदा सल्यानमा बिरामी तथा सुत्केरी महिलालाई सधै समस्या हुने गरेको छ । रगत अभावमा बिरामीको ज्यान बचाउनको लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीबाट रगत लिने गरिन्छ ।
कहिले काही त अस्पतालमा कार्यरत स्वास्थ्यर्कीहरूले नै रगत दिने गरेका छन् । तर, आज जिल्ला अस्पताल सल्यान खलंगामा उपचार गराउन आएकी एक जना जेष्ठ नागरिक महिलाको लागी कारागारका बन्दीले रगत दिएका छन् ।
शारदा नगरपालिका ५ की ७७ बर्षिया दुर्गा शाहीको उपचारको लागी बन्दीले रक्तदान गर्नुभएको हो ।
सल्यान अस्पतालका डाक्टर प्रदिप शर्माले बिरामी शाहीको शरिरमा रगतको मात्रा कम भएकाले कैदीबन्दीले रक्तदान गरेको बताउनुभएको छ ।