मुगु, २३ भदौ (रेडियो श्रीनगर) । गाउँपालिकाको केन्द्र सोरुकोटमा पहिलो पटक सडक सञ्जालमा जोडिएको छ ।
मुगु सदरमुकाम गमगढीदेखि सोरु गाउँपालिकासम्मको ट्रयाक खुलेसँगै गाडी (जीप) आफ्नै आँगनमा गुडेको देखेपछि स्थानीय नागरिक खुसी भएका सोरू गाउपालीकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय बताउननुभयो ।
सदरमुकामबाट गाउँपालिका केन्द्र सम्म पुग्न करिव ४० किलो मिटर सडक गाउँपालिकाको करिव ४ करोड ७२ लाखको लागतमा जीप पुगेको हो ।
गाउँमा गाडी पुग्दा स्थानिय नागरिक खुसी हुनुको साथै वर्षौ देखी पैदल यात्रा गर्दा थाकेका स्थानिय नागरिकलाई ठुलो राहत भएको वडा नंम्बर ६ का वडा अध्यक्ष मन प्रसाद भट्टले बताउनुभयो ।
उहाँका अनुसार कच्चि सडक भएकाले गाउँपालिकाबाट सदमुकाम सम्मको भाडा करिव एक हजार सम्म भएको बताउनुभएको छ ।