साक्षरता दिवसका अवसरमा सल्यानमा पुस्तकालय स्थापना

शंकर केसी
सल्यान, २३ भदौ (रेडियो कपुरकोट) । अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा सल्यान कपुरकोटको एक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ ।
आइतबार गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले आधारभुत विद्यालय, कपुरकोट ४ क्युरेनीमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन गर्नुभउकको हो ।
‘पढ्नको लागी कोठा’ कार्यक्रम र कपुरकोट गाउँपालिकाको सहकार्यमा पुस्तकालय स्थापना भएको विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष खड्क सिंह ठकुरीले जानकारि दिनुभयो ।
पठन संस्कृतीको विकास र विद्यार्थीमा पाठ्यक्रम वाहेक अतिरिक्त ज्ञान प्रदान गर्न आधारभुत विद्यालय क्युरेनी सहित कपुरकोट गाउँपालिकाका ९ वटा विद्यालयमा पुस्तकालय स्थापना गरिएको रुम टु रिड कार्यक्रमका फिल्ड संयोजक हेम लम्सालले बताउनुभयो । उहाले सल्यानका ५४ विद्यालयमा यो कार्यक्रम संचालन भइरहेको पनि बताउनुभयो ।
विद्यार्थीमा पढ्ने सिप र वानीको विकास गर्ने उद्देश्यले रुम टु रिड संगको सहकार्यमा कपुरकोटका विद्यालयमा सञ्चालन भइरहेको साक्षरता कार्यक्रम प्रभावकारि बनाउन सबैको दायीत्व रहेको महासंघका अध्यक्ष सेनले बताउनुभयो । कपुरकोट गाउँपालिका अध्यक्ष समेत रहेका उहाले सामुदायीक विद्यालयको शिक्षालाइ गुणस्तरिय बनाइ सबैको आकर्षणको थलो बनाउन आफु क्रियाशिल रहेको बताउनुभयो ।
त्यही अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्क सिंह ठकुरि, प्रधानाध्यापक डिल बहादुर थापाले गाउँपालिका अध्यक्ष सेन संग आफ्नो विद्यालयमा भवनको अभाव भएकाले भवनको अभाव भएको भन्दै भवन निर्माण गरिदिन आग्रह गर्नुभयो । पुस्तकालयमा साहित्य, विज्ञान, मनोरञ्जन विधाका ६ सय १५ पुस्तकहरु क्युरेनी पुस्तकालयमा राखिएका छन् ।
यसैविच साक्षरता दिवसको अवसरमा कपुरकोटकै कालिका माध्यामिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । शिक्षाको महत्व विषयमा आयोजना गरिएको प्रतियोगितामा विष्णु बुढाथोकी प्रथम, गिता पुन द्धतीय, शान्ति पुन तृतिय र प्रज्वल बुढा सान्तवना भएको विद्यालयले जनाएको छ ।