चीनसँगको सिमाना हाम्रो लागि अवसर होः नाम्खा अध्यक्ष लामा

सुर्खेत, २० वैशाख (जागरण) । स्थानीय सरकार अन्तर्गत जागरण एफ. एम. र www.jagaran.com.np ले कर्णाली प्रदेशका स्थानीय सरकारले गरिरेहका काम, आगामी योजना, खेप्नुपरेका चुनौतिलाई समेटेर विभिन्न सामग्री प्रसारण र प्रकाशन गर्दै आएका छौँ । जागरणकर्मी प्रभा रावतले नाम्खा ख्यामचुङ्ग गाउँपालिका हुम्लाका अध्यक्ष विष्णु लामासँग कुराकानी गर्नुभएको छ ।

प्रस्तोताः तपाई निर्वाचित भइसकेपछि तपाइको गाउँपालिकामा भएका मुख्य तीन वटा काम के के हुन् ?

पाहुनाः म निर्वाचित भएदेखि करिव एकवर्ष वितिसेको छ र यो बिचमा हाम्रो नाम्खा गाउँपालिकाका हुम्लामा मुख्य काममा शिक्षा क्षेत्र प्रथामिकता दिएका छौँ । यस्तै पर्यटन व्यवसायलाई पनि प्राथामिकता दिएका छौ । गाउँगाउँमा सडक जोड्ने काम गरेका छौँ ।

प्रस्तोताः आगामि चार बर्षका तपाइका योजना के छन् ?

पाहुनाः मुख्य योजना हाम्रो गाउपालिकामा उत्पादनलाई बृद्धि गरेर जिवन स्तर माथी उकास्ने योजना छ । यहाँ नजिक चिनको सिमाना जोडिएकाले पनि यहाँ प्रश्तस्त खानी जमिन भएकाले यहाँको फलफुल तराकारी उत्पादन गरेर चिनतिर निर्यात गरेर आम्दानि बढाउने लक्ष्य छ ।

प्रस्तोताः तपाइको कार्यकालमा नाम्खा गाउपालिकालाई कस्तो बनाउने सोचमा हुनुहुन्छ ? 

पाहुनाः हुम्ला जिल्लाकै सम्भावना बोकेको गाउँपालिका भनेको नाम्खा गाउँपालिका हो । पर्यटन, जटिबुटी,वन्यजन्तुको सम्भावना बोकेको गाउँपालिका भएकाले त्यो सम्भावनालाई हाम्रो योजनामा समावेश गरेर गाउँपालिकालाई समृद्ध बनाउने लक्ष्य हो ।

प्रस्तोताः तपाइको गाउँपालिकामा शैक्षिक गुणस्तरलाई माथी उकास्नलाई कस्तो पहल चाल्नुभएको छ ?

विगतदेखि नै हाम्रो गाउँपालिका शैक्षिक क्षेत्रबाट पछाडि परेको हो । भुगोलको हिसावले नेपालकै ठुलो भु-भाग हो । हामी आइसकेपछि गाउँपालिकामा शिक्षाको क्षेत्रमा सुधार गर्ने प्रयासमा छौ । यो भन्दा पहिला गाउपालिकामा शिक्षकहरु विद्यालयमा नबस्ने प्रवृत्ती थियो । त्यसलाई हामीले अहिले नियमित गराएका छौँ । कुनै बालबालीकालाई नछुटाएर विद्यालय भर्ना गर्ने कार्यक्रम सञ्चालन गरेका छौँ ।

प्रस्तोताः यसरी काम गर्ने क्रममा कस्ता चुनौती आइपरेका छन् ?

पाहुनाः मुख्य चुनौति कार्यालयमा कर्मचारी छैन सिंहदरवारको अधिकार गाउँघरमा आयो भन्ने चलन छ तर हामीकहाँ कर्मचारी नै छैनन् । कसरी जनताको कामलाई प्रभावकारी ढङगले गर्ने ? एउटा भाडामा लिएको कोठाले कार्यालय व्यवस्थापन गर्नै गाह्रो छ । यस्तै धेरै चुनौतिहरु छन् ।