जीवन सुरक्षा कोष फराकिलो बन्दै, कार्यक्रम देशकै नमुना होः अध्यक्ष ओली

सुर्खेत, २४ भदौ (जागरण) । दैलेखको गुराँस गाउँपालिकाले संचालनमा ल्याएको जीवन सुरक्षा कोषलाई फराकिलो बनाउन एउटा बच्चाको नाममा गाउँपालिकाले १० हजार रकम जम्मा गरिदिने भएको छ ।
कर्णाली रैबारसँग कुरा गर्दै गाउँपालिका अध्यक्ष खेमराज ओलीले बालबालिकाको भविश्य सुनिश्चित गर्नको लागि बनाइएको कोषमा ५ हजारबाट बढाएर १० हजार पु¥याइने बताउनुभएको हो ।
उहाले आर्थिक बर्ष २०७४÷०७५ बाट शुरु भएको कार्यक्रम अहिले अझै फराकिलो हुदैँ गएको भन्दै पहिलो बर्ष २ हजार रकम गाउँपालिको एउटा बच्चाको नाममा जम्मा गरेको बताउनुभयो ।
उहाका अनुसार यो रकमलाई बढाउँदै दोश्रो वर्ष ५ हजार र चालु आर्थिक वर्षबाट १० हजार गाउँपालिकाले एउटा बच्चाको नाममा जम्मा गरिने छ । भने अविभावकको तर्फबाट २ हजार रकम जम्मा गरिने छ ।
कार्यक्रम शुरुवातीमा खास्सै अविभावकहरुको चासो नभएको भएपनि पछिल्लो समय यसमा समावेश बालबालिको संख्या बढेको उहाँले बताउनुयो । (अडियो सहित)