डेङ्गु रोगबाट बच्न जनचेतनामुलक कार्यक्रम संचालन गरिने

सुर्खेत, २६ भदौ (जागरण) । कर्णाली प्रदेशको स्वास्थ्य महासाखाले डेङ्गु रोगबाट बच्न जनचेतनामुलक कार्यक्रम संचालन गर्ने भएको छ ।
डेङ्गु रोगको संक्रमण बढ्न थालेपछि महाशाखाले यसबाट जोगिने उपायका विषयमा जनचेतनमुलक कार्यक्रम संचालन गर्न लागेको हो ।
महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृष बहादुर शाहिले संक्रमणबाट बच्ने उपायका विषयमा नागरिकहरुलाई सुचित गर्न लागिएको जानकारी दिनुभयो । डेङ्गुबाट बच्नेको लागी तकाल बिभिन्न सञ्चर माध्यमबाट सुचना सम्प्रेशन गरिने उहाको भनाई छ ।
पछिल्लो समय यो रोगको संक्रमण बढ्दै गएको भन्दै उहाले यसबाट बच्न प्रदेश सरकारको स्वास्थ्य महाशाखाले सतर्कता अपनाएको बताउनुभयो ।