कार्यविधि नै बनाएर मदिरा नियन्त्रणमा जुट्यो नगरपालिका

सरोज ओली
जाजरकोट, २६ भदौ, (रेडियो खलङगा) । मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि बनाएर जाजरकोटको नलगाड नगरपालिकाले मदिरा नियन्त्रण सुरु गरेको छ ।
नगरपालिका भित्रका सवै वडामा अवैद्य रुपमा मधिरा सेवन गर्ने तथा विक्री वितरण गर्नेलाई १० हजार जरिमाना गर्ने कार्यविधिमा उल्लेख छ । एकै व्यक्तिले पटक, पटक मदिरा सेवन तथा विक्री गरेमा दुवैलाई जरिवाना हुँने छ ।
मदिरा सेवन गरेर होहल्ला र अन्य व्यक्तीलाई तनाब दिने गर्नेलाई पहिलो पटक एक हजार, पटक–पटक दोहो¥याएमा पाँच हजारसम्म जरिवाना गरिने नगरपालिकाले जनाएको छ ।
इजाजत नलिएर मदिरा विक्री वितरण गर्नेलाई तिन हजार जरिवाना गर्नेगरी नगरपालिकाले कार्यविधि नै बनाएको समाचार रेडियो खलङ्गा जाजरकोटले पठाएको छ ।