जाजरकोट, २६ भदौ (जागरण) । शैक्षिक अवस्था सुधार गरी समृद्ध जाजरकोट निर्माण गर्ने उद्देश्यले जाजरकोटका स्थानीय तहले शैक्षिक बहस सुरु गरेका छन् ।
सरोकारवालाको सल्लाह, सुझाब र मार्गनिर्देशनअनुसार अगाडि बढ्न शैक्षिक अन्तक्रिया गरेको स्थानीय तहका प्रमुखले बताएका छन् ।
भेरी नगरपालिका, कुशे गाउँपालिका, र जुनिचाँदे गाउँपालिका लगाएतका स्थानिय तहहरुले आफ्ना मातहतका सबै विद्यालयका प्रधानाध्यापक, अन्य सरोकारवाला निकायलाई राखेर अन्तकक्रिया गरेका छन् ।
स्थानिय तहभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई बैठकमा सहभागी गराएर कहाँ र के समस्या छन् भनी सुन्ने र त्यसको समाधान खोज्ने कुरामा केन्द्रित रहेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभएको छ ।