विद्यालय भवन अभाव

बुद्धीमान पुन
सल्यान, २६ भदौ (रेडियो राप्ती) । सल्यानको एक बिद्यालयमा कक्षा कोठाको अभावमा २ वटा कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई एउटै कोठमा राखेर पढाउनुपर्ने बाध्यता छ ।
जिल्लाको दार्मा गाउँपालिका २ झ्यारिबाङ्गमा रहेको जनकल्याण अधारभुत विद्यालयमा कक्षा कोठाको अभावमा २ वटा कक्षाका बिद्यार्थीहरुले एउटै कोठामा अध्ययन गर्दै आएका हुन् ।
कक्षा कोठाको अभावमा कक्षा २ र ३ का विद्यार्थीहरुलाइ एउटै कोठामा राखेर शिक्षण सिकाइ गरिदै आएको प्रधानाध्यापक नोखिराम ओलीले बताउनुभयो ।
कक्षा १ देखि ५ कक्षा सम्म संचालन भएको विद्यालयमा सबै ६ वटा कोठा मात्र छन ।
एक कोठा कार्यालय र एक कोठा बालबिकासमा प्रयोगमा भएका छन । २०६५ सालमा स्थापना भएको विद्यालयमा १ सय २० जना बिद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
कक्षा कोठाको अभाबको बिषयमा सरोकारवालासंँग पटकपटक ध्यानाकर्षण गराउदै आए पनि कसैले चासो नदिएको बिद्यालय श्रोतले बताएको  छ ।