कर्णालीका चार स्थानीय तहले स्थानीय पाठ्यक्रम मार्फत पठनपाठन गराउदै

पंख बहादुर शाही
सुर्खेत, २७ भदौ (जागरण) । कर्णाली प्रदेशका केहि स्थानीय तहले आफ्नै स्थानीय पाठ्यक्रम तयार गरि लागु गरेका छन् । प्रदेशका ७९ वटा स्थानीय तहहरुमध्य चारवटा स्थानीय तहले आफ्नै स्थानीय स्तरकै विषयवस्तु समेटेर पाठ्यक्रम तयार गरी पठनपाठन गराउन थालेका थालेका हुन् ।
पाठ्यक्रम तयार गर्नेमा दैलेखको गुराँस गाउँपालिका, दैलेखकै चामुण्डाविन्द्राशैनी नगरपालिका सल्यानको त्रिवेणी गाउँपालिका र सल्यानकै दार्मा गाउँपालिका रहेका छन् । भने केहि स्थानीय तहहरु पाठ्यक्रम निर्माणको तयारीमा छन्् ।
स्थानीय इतिहास, भूगोल, कला–संस्कृति, रहनसहन, उपचार विधि, कृषि र खेलका जानकारी लगायतका विषयबस्तु समेटेर पाठ्यक्रम तयार गरिएको स्थानीय सरकारका जनप्रतिनिधिहरुले बताएका छन् ।
पाठ्यक्रम तयार भएका स्थानीय तहका विद्यलयहरुमा आफ्नै वरपरका विषयवस्तु समेटिएपछि विद्यार्थीहरु पनि आकर्षित भएको बताइन्छ ।
दैलेखको गुराँस गाउँपालिकाले ५ कक्षासम्म अनिवार्य रुपमा पढाई हुने गरी तरकारी तथा फलफुल खेती सम्बन्धीको पाठ्यक्रम तयार गरि गत सालदेखि अध्यापन शुरु गरेको छ ।
आफ्नो गाउँपालिका तरकारी खेतीका लागि उपयुक्त रहेकाले तरकारी खेती सम्बन्धी विषयवस्तु समेटेर पाठ्यक्रम तयार गरिएको अध्यक्ष खेमराज ओलीले बताउनुभयो ।
दैलेखकै चामुण्डाविन्द्रासैनीले पनि आफ्नो स्थानीय पाठ्यक्रम निर्माण गरिसकेको बताएको छ । गाउँपालिकाले स्थानीय स्तरको विषयवस्त्ु समेटेको जनाएको छ ।
दैलेखका अन्य स्थानीय तहले पाठ्यक्रम निर्माण गर्न सकेका छैनन् । स्थानीय सरकार संचालन ऐन, २०७४ ले शिक्षा पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म स्थानीय तहको जिम्मेवारी रहेको छ ।
ऐनको व्यवस्था अनुसार र राष्ट्रिय पाठ्यक्रमले दिएको एक सय पूर्णांकको स्थानीय पाठ्यक्रम स्थानीय स्तरबाटै निर्माण गरी लागू गर्ने भन्ने प्रावधान छ ।
तर कर्णाली प्रदेशका अधिकांस स्थानीय तहले पाठ्यक्रम तयार गरेका छैनन् । प्रदेशको राजधानी समेत रहेको सुर्खेतका कुनैपनि स्थानीय तहले अहिलेसम्म आफ्नो पाठ्यक्रम बनाउन सकेका छैनन् ।
वीरेन्द्रनगर नगरपालिकाले पठ्यक्रम निर्माण गरिने भनिएपनि कार्ययोजना अघि बढउन नसकिएको नगर उपप्रमुख महोनमायाँ ढकालले जानकारी दिनुभयो ।
जाजरकोटका ७ ओटा स्थानीय तहमध्य कुनैले पनि स्थानीय पाठ्यक्रम तयार गरिसकेका छैनन् । रुकुम पश्चिमका ६ ओटा स्थानीय तहमध्ये आठबीसकोट र चौरजहारी नगरपालिका निर्माणको तयारी गरिरहका छन् भने हिमाली जिल्लाहरुका स्थानीय तह कुनैले पनि पाठ्यक्रम निर्माणको तयारी समेत छैन् ।
दश ओटा स्थानीय तह रहेको सल्यानको त्रिवेणी र दार्मा गाउँपालिका बाहेक अन्य स्थानीय तहले पाठ्यक्रम तयार गर्न नसकेको बताइएको छ ।