शंकर केसी
सल्यान, २७ भदौ (रेडियो कपुरकोट) । सल्यानको एक मात्र सितलपाटी आँखा उपचार केन्द्रमा शल्यक्रिया पश्चात बिरामी राख्ने ठाउँ अभाव हुँदा सेवा प्रभावित भएको छ ।
भवनको कमीले विरामी भर्ना गर्ने ठाउँ (वार्ड) अभाव हुँदा शल्यक्रिया गर्नुपर्ने विरामीलाइ अर्काे प्रदेशमा पठाउनुपर्ने बाध्यता रहेको आँखा उपचार केन्द्रले जनाएको छ ।
कर्णाली प्रदेश अन्तर्गत सल्यान, रोल्पा र जाजरकोटका विरामीहरु शितलपाटि आँखा उपचार केन्द्रमा भर्ना हुने वार्ड नपाएर प्रदेश नम्बर पाँचको दाङ स्थीत राप्ती आँखा अस्पताल रक्षाचौरमा रिफर हुनुपर्ने बाध्यता छ ।
शितलपाटिबाट दाङ ६३ किलोमिटर टाढा पर्छ । ‘मोतिविन्दुको शल्यक्रिया पछि भर्ना गर्नुपर्ने भएपनि वार्ड नहुँदा विरामीहरु समस्यामा परिरहेको आँखा उपचार केन्द्रका नेत्र स्वास्थ्य कार्यकर्ता पदमराज पन्तले बताउनुभयो ।
राप्ती आँखा उपचार केन्द्र रक्षाचौर दाङको शाखाको रुपमा रहेको केन्द्रमा भवनको अभावमा वार्ड विस्तार गर्न नसकिएको उहाले जानकारी दिएको छ ।