ग्रामीण जागरणले फेरेको जीवन  

दीपेन्द्र विरकट्टा
सुर्खेत, २४ फागुन (जागरण) । आर्थिक समृद्धिको तीन खम्बे नीतिमध्ये एउटा बलियो खम्बा हो सहकारी । अहिले सहकारीमा आबद्ध भएर धेरै व्यक्तीहरु स्वरोजगार बन्न थालेका छन् ।
सुर्खेतमा पनि सहकारी क्षेत्रले स्वरोगारतर्फ उन्मुख बनाइरहेका छन् । सस्तो दरमा ऋण उपलब्ध हुने भएपछि साहू महाजनबाट चर्को व्याजमा ऋण लिनुपर्ने बाध्यता पनि हटेको छ । जसले सहकारीमा आवद्ध व्यक्तीहरुलाई व्यवसाय गर्न सजिलो भएको छ ।
सुर्खेत वीरेन्द्रनगरकी विमा कुमारी बौंडेलले अहिले सिलाई कटाई सम्बन्धी तालिम दिन व्यस्त हुनुहुन्छ ।
केहि समय अगाडी उहाँले व्यवसाय गर्ने रकम पाउनुभएको थिएन । ग्रामीण जागरण वचत तथा ऋण सहकारी संस्थाबाट सस्तो व्याजदरमा ऋण पाउँदा आफु व्यवसायिक बनेको उहाँ बताउनुहुन्छ ।
व्यवसायिक बन्न नसकेका व्यक्तीहरुलाई अहिले सहकारीहरुले सस्तो दरमा ऋण उपलब्ध बनाउछन् । त्यसबाट धेरै काम गर्न सकिन्छ ।
गाउँमा अझैपनि साहु माहाजनबाट चर्को दरमा ऋण लिने गरिएको हुन्छ । जसले व्यसायिकभन्दा गरिवीमा मानिसहरुलाई धकेलिरहेको हुन्छ ।
उहाँमात्र हैन वीरेन्द्रनगरकै हरीकला गुरुङ्गले पनि टेलर व्यवसाय गर्नुहुन्छ । उहाँले ग्रामीण जागरण वचत तथा ऋण सहकारी संस्थाबाट पहिलो पटक १ लाख ५० हजार ऋण लिएर व्यवसाय थाल्नुभएको हो ।
आफ्नो अहिले मासिक १६ हजार रकम कमाई हुने गरको उहाँ बताउनुहुन्छ ।