परिवर्तन हुँदै राउटे, टेलिफोनबाटै माग्छन योजना (टेलिफोन कुराकानी सहित)

टेकराज केसी
सुर्खेत, २७ भदौ (जागरण) । आफ्नै परम्परामा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदाय पनि विस्तारै परिवर्तन हुन थालेका छन् ।
जंगलमै बस्ने, अरुले छोएको पनि नखाने राउटेहरु अन्य मानिसहरुसँग घुलमिल हुन थालेका हुन् ।
उनिहरुको परिवर्तनको लागि भन्दै सरकारी तथा गैरसरकारी नीकायबाट धेरै रकम खर्च गर्ने गरिएको छ ।
आफ्नै सृजनशिलतामा तयार गरिएका सामग्रीहरु मात्र प्रायोग गर्ने गरेका राउटे पछिल्लो समय बजारमा पाइने सामग्री किनेर प्रयोग गर्ने गर्छन् ।
यतीमात्र हैन राउटे समुदायले रेडियो टेलिभिजन केहि पनि प्रयोग गर्दैनन् तर पछिल्लो पुस्ताहरुले रेडियो टेलिभिजनमा धेरै चासो दिएको पाईन्छ ।
दैलेख गुराँस गाउँपालिकाले आफ्ना नागरिकको रुपमा परिचयपत्र दिएको छ, भने उनिहरुको लागि टेन्ट हालेर ठुलो टेलिभिजन सेट राखिदिएको छ । राउटेहरु टेलिभिजनमा आउने कार्यक्रमहरु हेर्न आकर्षित हुने गरेका छन् ।
अहिले राउटेहरु गुराँस गाउँपालिका वडा नम्बर ५ मा बसोबास गरिरहेका छन् । यस समुदायका अग्रज व्यक्तीहरु अहिले सिधै गाउँपालिकामा गएर योजना माग्नेसम्म भएको बताइन्छ ।
राउटे समुदायलाई गुराँस गाउँपालिकाले स्थायी नागरिकको परिचयपत्र दिएको छ भने उनिहरुको लागि यो आर्थिक बर्षमा १० लाख रकम छुट्याएको छ ।
यता, दैलेखमा संचालित सामाजिक सेवा केन्द्र सोसेकले यो समुदायको उत्थानको लागि भन्दै २ बर्षको कार्यक्रम नै संचालन गरेको छ । यो कार्यक्रममा १ करोड २७ लाख रकम छ । राउटेहरुको संख्या अहिले १ सय ४६ मात्र छ ।

राउटेहरुले आफै मोबायल बोक्दैनन् तर समुदायमा केहि समस्या भए राउटे हेरालुको रुपमा रहेका कर्मचारी मार्फत उनिहरुले तत्काल फोन गरी आफ्ना समस्या समाधान गर्छन् ।
यो समुदायका महामुखिया भनेर चिनिने मैन बहादुर शाही अहिले खानेपानी उपभोक्ता समितिको उपाध्यक्ष बन्नुभएको छ ।
उपाध्यक्ष भइसकेपछि उहाँसँग गरिएको टेलिफोन कुराकानी सुन्नुहोस् । (टेलिफोन कुराकानी सहित)