सहकारी क्षेत्रलाई उत्पादनमा जोड्नुपर्छः जनता (अडियो सहित)

सुर्खेत, ३० भदौ (जागरण) । ग्रामीण क्षेत्रका सहकारीहरु बचत गर्ने ऋण प्रवाह गर्ने बाहेक अरु कुनै काम नगरेको देखिन्छ । नाममा बहुउद्देश्यीय भएपनि ऋण प्रवाह गर्ने बाहेक अरु केहि नगरेको पाइन्छ । सहकारीलाई विकासको एउटा खम्बाको रुपमा लिइन्छ । सहकारीहरुलाई व्यवस्थित र उत्पादनशिल बनाउन सरकारले सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ लागु गरिसकेको छ ।
तर ग्रामीण क्षेत्रका सहकारीहरु बहुउद्देश्यीय भनिएपनि नामअनुसारको काम नगरेको पाइन्छ ।
ऋणको प्रवाहअनुसार उत्पादनमा नागरिकहरुलाई जोड्न सकेको खण्डमा आर्थिक क्षेत्र बलियो हुन जान्छ । भने सहकारीहरुकै कारण विकासको काम साझा भएर जान्छ । (अडियो सुन्नुहोस्)