टिप्पणी गर्ने ठाउँ नरहने गरी नगरको विकासमा लागेका छौँ: नगरप्रमुख भण्डारी

सुर्खेत ३० भदौ (जागरण) । दैलेखको दुल्लु नगरपालिकाका नगर–प्रमुख घनश्याम भण्डारीले नगरपालिकामा कुनै पनि काममा टिप्पणी गर्ने ठाउँ नहुँने गरी नगरपालिका अघि बढेको बताउनुभएको छ । उहाँले आर्थिक बर्ष २०७३/०७४को सिमामा रहेर चालु आर्थिक बर्षको बजेट विनियोजन गरेको बताउनुभयो । नरपालिकाका केहि महत्वपुर्ण आयोजनालाई नगरपालिकाको गौरवको आयोजनाको रुपमा समेत घोषणा गरेकाे  छ,उहाँले भन्नुभयो ।

यहाँको प्राकृति स्रोतका हिसाबले निकै महत्वपुर्ण भएको र यहाँ पञ्चकोशी बहुप्राविधि शिक्षालय , नगरपालिकाको वडा–४ भित्र पर्ने कृष्णकोट मावि विद्यालयमा पशु विज्ञान सञ्चाल गर्ने पुर्वाधार निर्माण गर्ने लगाएका कार्यहरु नगरले प्राथमिक्ताका साथमा अघि सारिएको छ । नगर–प्रमुख भण्डारीले दुल्लु नगरपालिको भुगोल, जनसँख्या, लागतभारका आधारमा नगरापलिकाका –१३ वटै वडाहरु मध्ये सानो वडालाई ७० लाख र ठुलो वडालाई १ करोड २५ लाख बजेट विनियोजन गरी स्थानीय रुपमै निमै महत्वपुर्ण योजनाहरु अघि बढाईएको र यहाँको विकास र समृद्धिका आधारमा रहेछ काम गरीरहेको जानकारी दिनुभयो ।

छनोट गरीएका योजनाहरुको कार्यान्वयनको चरणमा पुगेका छौँ ,उहाँले भन्नुभयो १५ लाख भन्दा माथिका योजनालाई परियोजना ,१० लाख भन्दा माथिका सडकहरु टेण्डर सिस्टम र १० लाख भन्दा तलका योजनाहरुलाईं उपभोक्ता समिति मार्फत अघि बढाईएको छ । भण्डारीले दुल्लु नगरपालिका कृषिमा आधारिक बजेट लागु गरेर अघि बढेको बताउनुभयो । ‘काम सक्नका लागि विकास होईन ,कामका लागि विकास हो ’उहाँले भन्नुभयो विकास काम सक्नका लागि होईन भन्ने नीति लिएर दुल्लु नगरपालिका अघि बढेको छ । जनतासँग जनप्रतिनिधी अन्तर्गत कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँसँग नन्द कठायतले गरेकाे  कुराकानीको सम्पादीत अंश । (अडियो सहित)