सुर्खेत, ३१ भदौ (जागरण) । ‘जनताको आवाज’ नाराका साथ सञ्चालित जागरण एफ. एम. स्थापनाको ११ वर्ष पूरा भई १२ औँ वर्षमा प्रवेश गरेको छ ।
वि. सं. २०६५ भदौ ३१ गतेदेखि एफ. एम. व्याण्ड ९० थोप्लो ८ मेगाहर्जबाट प्रशारणमा रहेको जागरण एफ. एम. ले स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्दैछ ।
आजै (मंगलवार) जागरण एफ. एम. सञ्चालन गर्ने संस्था जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औँ वर्षिक साधारणसभा तथा एघारौँ वर्षिक उत्सव गर्न लागिएको जागरण एफ. एम. का स्टेशन म्यानेजर दीपेन्द्र ओलीले जानकारी दिनुभयो ।
साधारणसभा तथा वार्षिक उत्सवको अवसरमा गत आर्थिक वर्ष २०७५÷०७६ को प्रगति समिक्षा तथा आगामी योजना निर्माण गरिने छ ।
सुर्खेत जिल्लाभर २३ वटा रेडियो श्रोता समूह रहेको जागरण एफ. एम. ले हाल कर्णाली प्रदेशका २२ सामुदायिक रेडियो स्टेशनको नेटवर्कको रुपमा कार्य गरिरहेको छ ।
जागरण एफ. एम. ले स्थानिय विकास र सुशासन प्रवद्र्धनलाई केन्द्रमा राखेर कार्य गरिरहेको सञ्चालक समिति अध्यक्ष पुर्ण प्रसाद पौड्यालले बताउनुभयो ।
अध्यक्ष पौडेलले स्थापना दिवसको अवसरमा कर्णाली प्रदेश र बाहिरका श्रोता, साझेदार निकायहरु तथा नेटवर्कमा आवद्ध रेडियो स्टेशनहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।