वीरेन्द्रनगर औद्योगोगिक क्षेत्रको लागि जग्गा अभाव

सुर्खेत वीरेन्द्रनगर औद्योगोगिक क्षेत्रको लागि जग्गा अभाव भएको छ ।
सुर्खेत, १ भदौ (जागरण) । २०६८ सालमा स्थापना भएको यस औद्योगिक क्षेत्रको लागि जग्गा अभाव भएको हो ।
साना उद्योगहरुको संख्या बढ्दै गएको भन्दै औद्योगिक क्षेत्रमा कार्यरत कर्मचारीहले कर्णाली प्रदेशमा नयाँ जग्गाको पहिचान गरि औद्योगिक क्षेत्र विस्तार गर्नुपर्ने बताएका हुन् ।
वीरेन्द्रनगर उद्योग विकास कार्यालयका लेखापाल शेर बहादुर पौडेल औद्योगिक क्षेत्रको लागि जग्गा नपुगेको बताउनुभयो ।
अहिले वीरेन्द्रनगर औद्योगिक क्षेत्रको क्षेत्रफल ९० रोपनी मात्र छ, त्यसमा ६८ रोपनी जग्गा लिचमा रहेको छ ।
पौडेलले कर्णाली प्रदेशमा ११ केभिए विद्युत प्रशारण लाइन रहेको भन्दै यसले उद्योगहरु संचालन गर्न समस्या भएको बताउनुभयो । साना ठुला उद्योगको विकासका लागि १३२ केभिए विद्युत आवश्यक पर्ने उहाको भनाई छ ।
वीरेन्द्रनगर नगरपालिकामा २७ वटा उद्योगहरु संचालनमा छन् भने कर्णाली प्रदेशमा मझौला र साना उद्योगको संख्या शुन्य छ ।
प्रदेश सरकारले कर्णालीमा औद्योगिक क्रान्ति गर्ने भनेपनि उद्योगको विकास प्राय सुन्य देखिन्छ ।